एकेन्द्र महता साउन १७ अछाम
साफेबगर नगरपालिका १० घुघुरकोटमा बिश्व स्तनपान सप्ताह सुरु भएको छ । वडा अध्यक्ष एवं स्वास्थ्य ब्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा भएको स्तनपान सप्ताह उद्घाटन कार्यक्रममा बच्चालाई कसरी दुध खुलाउने, बच्चा जन्मेको एक घन्टा भित्र आमाको बिगौती दूध चुसाउनु पर्ने,

बच्चालाई आमाको दुध प्रयाप्त मात्रामा पुगेनपुगेको हेरफेर गर्नु पर्ने स्वास्थ्य चौकी घुघुरकोटका इन्चार्ज बम प्रसाद भट्टले जानकारी गराउनु भएको थियो । स्वास्थ्य चौकी इन्चार्ज भट्टले सुनौला हजार दिनका आमाहरुले विशेषत: पोषणमा ध्यान दिनु पर्ने, बच्चालाई बालभिटा खुवाउनु पर्ने जस्ता कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ को बार्षिक समिक्षा समेत गरिएको छ । स्तनपान सप्ताह उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले बच्चालाई स्वास्थ्य राख्नका लागि सुनौला हजार दिनका आमाहरूको महत्त्वपूर्ण भुमिका हुने बताउनु भयो ।
उहाले पुर्ण पोषणयुक्त वडा घोषणका लागि पनि सबैले साथ सहयोग गर्नुपर्ने बताउनु भयो । स्तनपान सप्ताह कार्यक्रममा साफेबगर नगरकार्यपालिका सदस्य शंकर भुल, जयन्ती बोगटी, वडा सदस्य भरत खड्का, शेर बहादुर बिक, बासमती भुल, समाजसेवी कर्ण बहादुर खड्का,
अमृता खड्का, भुपेन्द्र महता, हिमकर्ण रावत, शिव खड्का, गोजुरियो संघका बिएस ओड राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, मेरिस्टाेप सेन्टरका प्रतिनिधि, लगाएतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।