शंकर थापा,साउन १८ अछाम
बान्निगढि जयगढ गाउपालिका ६ दर्नामा रहेको ऐश्वर्य माद्यामिक विद्यालयमा कक्षा १२ सम्म सञ्चालन गर्नको लागी आर्थिक संकलन अभियान तिब्र पारीएको छ । यसै शैक्षिक सत्रबाट कक्षा सुरु गर्ने उदेश्यका साथ रकम संकलन अभियान तिब्र पारिएको हो ।

अहिले दर्नाका विद्यार्थिहरु कक्षा १२ सम्मको पढाई पुरा गर्नको लागी जिल्लाका अन्य बिद्यालय र जिल्ला बाहीर गएर महङ्गो शुल्क तिरर पढ्न बाध्य छन । सधै विद्यार्थिहरुले बिभिन्न खालका समस्याहरु झेल्दै आएपछि दर्नाका स्थानिय अगुवा, नेता, शिक्षाप्रेमी, समाजसेवी, शिक्षक विद्यार्थि, अबिभावकहरु सक्रिय भएर आर्थिक संकलन अभियानमा लागेका छन ।
वडाका प्रत्यक टोल बाट रकम संकलन गरेर अहिले जिल्ला बाहीर टिकापुर, काठ्माण्डौ र भारतका बिभिन्न स्थानमा छरीएर रहेका स्थानिय हरु बाट कक्षा बृद्धिको लागी चन्दा संकलनको काॠ भैरहेको बताईयको छ । रामारोशन टुडे अनलाईन संग कुराकानी गर्दै विद्यालयका सहायक प्रधानाध्यापक भोज बहादुर धामीले वडामा २ वटा मावि भएपनि एउटामा १२ सम्मको कक्षा नहुदा निकै समस्या भएको बताउनुभयो ।
उहाँले विद्यार्थिहरु लाई मध्यनजर गर्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुका लागी सहजता आउने भन्दै कक्षा सञ्चालन गर्न लागीएको बताउनुभयो । आफुहरुले विद्यालयमा १२ सम्मको कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको र उक्त लक्ष्य पुरा गरेरै छाड्ने बताउनुभयो ।
दर्नाका वडा अध्यक्ष्य तथा विद्यालय व्यावस्थापन समितीका अध्यक्ष्य कृष्ण बहादुर कडायतले विद्यालय संग आर्थिकको समस्या भएपछि चन्दा संकलन गरेरै भएपनि कक्षा सुरु गरीने जानकारी दिनुभयो । विद्यालयले चलाएको यो माहान अभियानमा सबै स्थानिय बासीहरुको सकरात्मक सहयोग र सहभागीता जरुरी रहेको भन्दै सोचे अनुसार चन्दा संकलन हुनेमा आफु आसाबादी रहेको प्रतिक्रिया दिनुभयो ।
अहीले आर्थिक संकलनका लागी भारतका टोलीमा वडा अध्यक्ष्य कृष्ण बहादुर कडायत,लेखापाल लोक बहादुर बिक र काठ्माण्डौको टोलीमा प्रधानाध्यापक कटक बहादुर शाह र शिक्षक हिक्मत थापाको टोली रकम संकलनका लागी खटेका छन । विद्यालयले कक्षा बृद्धिका लागी सबैको सकात्मक सहयोग मिलिरहेको जनाएको छ ।