राजेन्द्र कुवर,अछाम
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० बर्षको यात्रामा गुट उपगुट बिभाजन मै लामो समय बिताएको तितो इतिहास हाम्रो बिचमा घाम जस्तो छर्लङ्ग छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा पछिल्लो समयमा अवसरबादिको भीड इमानदार नेता कार्यकर्ता एक पछि अर्को बिस्थापित कम्युनिस्ट चरीत्र बर्गिय प्रेममा कमि आइ रहेको छ ।

अग्रजले स्थापना गरेको लामो समय सम्म विभिन्न खेमामा बिभाजन भएको कम्युनिस्ट पार्टीले आम नेपाली जनताले सोचे जस्तो बिकास गर्न सकेन त्यसैको परिणाम निरंकुश पंचायत र प्रजातान्त्रिक मूल्य मान्यताका आधारमा देश बर्बाद भएको तथ्य सबैका अगाडि छ ।
नेपाली समाजलाइ रुपान्तरण गर्ने अभियान अन्तरगत शान्तिपुर्ण जन आन्दोलन सशस्त्र जनयुद्धको बलमा ठुलो राजनीतिक परिवर्तन पछि नेपाली जनताका आसा एंब भरोसाका किरण पलाएका थिए अब देशले मानवीय र भौतिक पुर्बाधारको बिकासमा निकै गति लिन्छ ठुला दुई कम्युनिस्ट पार्टी एक भएका छन भनेर निकै खुसियाली छाएको पाइन्थ्यो ।
तर परिणाम त्यसैको उल्टो भएको छ । यति लामो समय बिति सक्दा पनि नाममा पार्टी एकीकरण गरे पनि काम र संगठनले एक हुन सकेको छैन त्यसैले गर्दा लाखौको संख्यामा आज पनि उर्जाशिल नेता कार्यकर्ता बेरोजगार भएर बसेका छन ।
आधारभुत तहका जनता संग जस्ले दैनिक काम गर्नु परेको छ त्यो पार्टीको इमानदार सिपाही काम काज बिहिन भएको छ । अहिले निर्माण गरिएका जिल्ला कमिटी प्रदेश कमिटी सम्म अलिकती बर्गिय भावनाको शाख बचेको देखिन्छ ।केन्द्रिय कमिटी पोलिट्ब्युरो स्थाइ कमिटीमा र सचिबालयमा जस्का लागि निर्माण गरिएको हो कम्युनिस्ट पार्टी उसैको प्रतिनिधित्व छैन ।
बर्गिय प्रेमको कमि भएका हुलले चलाएको कम्युनिस्ट पार्टीको सरकारको स्वरुप हेर्दा प्रष्ट हुन्छ । आर्थिक सामाजिक रुपले पछाडी पारिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा संघीय सरकारमा र पार्टी संचालनमा देखिएको सहभागिताले पनि ऐनाका जसरी बर्गिय प्रेमको अनुहार देखाइ रहेको छ । अनि यस्तो चरीत्रको सरकार कम्युनिस्ट पार्टीको बितरण प्रणाली कस्तो होला कम्युनिस्ट चरीत्र जाने बुझेका सबैलाई थाहा छ ।
आज सरकार र पार्टी संचालनमा नव सामन्त धनाढ्य बर्ग र अवसरबादिको ठुलो भीड देखिदैछ यो बर्गले सके सम्म नेताहरूलाई शोषणमा परेका बर्ग संगको प्रेमलाई च्युत गर्न लागेर सफल भएको छ । त्यसैको परिणाम हो जुन बर्गका लागि नेपालमा पुस्पलालले सुन्दर सपना देखेर स्थापना गरेको हो कम्युनिस्ट पार्टीमा आज त्यो बर्गको प्रतिनिधित्व नै छैन ।
आज बर्ग संघर्षको भट्टिमा खारिएका ०४६ साल देखि आन्दोलनमा होमिएकाहरुको जीवन कस्टकर बन्दै गएको छ सुकिला मुकिला नेतालाइ आर्थिक सहयोग गर्ने चाकरी बजाउने अवदरबादिका अगाडि पार्टीको इमानदार सिपाही भए पनि उस्ले अपमान सहनु बाहेक उस्का अगाडि अरु कुनै विकल्प छैन । योग्यता क्षमता संगठन निर्माण र परिचालन गर्ने जति सुकै असल नियत भए पनि त्यस्तो नेता केन्द्र देखि स्थानीय तह सम्म पाखा लाग्ने र लगाउने गरेको छ