एकेन्द्र महता साउन १९ अछाम
साफेबगर नगरपालिका ११ देबिस्थानको आर्थिक बर्ष २०७५/७६ मा भए गरेका क्रियाकलापहरुको सार्बजनिक सुनुवाइ कार्यक्रम साम्पन्न भएको छ । वडा अध्यक्ष गणेश बहादुर खड्काको अध्यक्षतामा भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा वडा कार्यालयबाट बिनियोजित १० लाख ८० हजार, नगरपालिकाबाट बिनियोजित २५ लाख ५० हजार बजेटको सार्बजनिक सुनुवाइ गरिएको हो ।

कार्यक्रममा पुर्बाधार बिकास साझेदारी कार्यक्रम अंतरगत ९ लाख ४५ हजारमा निर्माण भएको हश बाहिनी माबी खानेपानी, पर्यटन बिकास कार्यक्रम अंतरगत १ लाख ५० हजार मा निर्माण कालापोखरी देखि खप्तड पर्यटन पदमार्ग लगाएत वडामा संचालन भएका योजनाहरुको सार्बजनिक सुनुवाइ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य खकेन्द्र बहादुर ओड रहनु भएको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य धुर्ब खड्का, वडा सदस्य ठगे लुहार, दान बहादुर धामी, हस्तना देबि खाती, कल्पना ओड, भुपु गाबिस अध्यक्ष गगन सि बोहरा,
नेपाली काङ्ग्रेसका पार्टी सभापति वीर बहादुर खड्का, सचीव उज्वल बोहरा, नेकपाका वडा कमिटी सचीव कमल ओड, हंश बाहिनी माबिका शिक्षक टीकाराम धामी, प्रेम बिष्ट, स्वास्थ्य चौकी देबिस्थानका इन्चार्ज छाँया पछाइ, महिला संजालका अध्यक्ष हरिना देबि ओड लगाएत सामाजसेबी, बुद्धिजीवी दलित महिला, बालबालिका लगाएतको सहभागीता रहेको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो जनप्रियका समाचार संयोजक एकेन्द्र महताले गर्नु भएको थियो ।