शंकर थापा साउन २० अछाम
दुनी स्वास्थ्य चौकी चौरपाटि गाउँपालिका वडा नम्वर ६ दुनीमा विश्व स्थनपान सप्ताह दिवस मनाईएको छ । आमा बुवाको सक्षमता स्तनपानको सफलता भन्ने मुल नाराका साथ विश्व स्तनपान दिवस मनाईएको हो । दुनी स्वास्थ्य चौकीका रगु सुनारको अध्यक्षतामा भएको स्तनपान सप्ताह कार्यक्रममा बच्चालाई कसरी दुध खुलाउने,

बच्चा जन्मेको एक घन्टा भित्र आमाको बिगौती दूध चुसाउनु पर्ने, बच्चालाई आमाको दुध प्रयाप्त मात्रामा पुगेनपुगेको हेरफेर गर्नु पर्ने बिषमा जानकारी गराईएको थियो । स्वास्थ्य चौकी इन्चार्ज सुनारले सुनौला हजार दिनका आमाहरुले विशेषत पोषणमा ध्यान दिनु पर्ने,
बच्चालाई बालभिटा खुवाउनु पर्ने जस्ता कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो । स्थनपान सप्ताह समापन कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाईजर मोती सहँ बिक,न्याय हेल्थ नेपाल वयलपाटा अस्पतालका सामुदायीकस्वास्थ्य कार्यक्रता कौशिला साउद लगायत स्वास्थ्य स्वयमसेविका र २ बर्ष मुनीका बच्चाका आमाहरुको सहभागीता रहेको थियो ।
छाया चौधरीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्र समापन कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी दुनीका अनमी कमला खड्काले गर्नुभएको थियो । विश्व स्थनपान सप्ताह दिवस साउन १६ देखी २० गते सम्म सञ्चालन भएको थियो ।