देबेन्द्र थापा साउन २० अछाम
बिश्व स्तनपान सप्ताह २०१९ दर्ना स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । स्वास्थ्य चौकी ब्यावस्थापन समितीका उपाध्यक्ष धन बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमामा प्रमुख अतिथी बान्निगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुंगाना रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुगानाले अझै पनि हाम्रो समाजमा स्तनपान बारे प्रयाप्त चेतनाको अभाब रहेको बताउनुभएको थियो । साथै उहाँले महिला स्वंसेबिका हरुको पिरमर्का र समस्या प्रती आफू सधै सकारात्मक रहेको र स्वास्थ्यको समग्र बिकासका लागि आफू लागि पर्ने समेत बताउनु भएको थियो ।
बान्निगढी जयगढ गाउँपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट अधिकृत वसन्त बहादुर रावल र दर्ना स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मीप्रसाद जोशीले स्तनपान सप्ताह कार्यक्रममा बच्चालाई कसरी दुध खुलाउने, बच्चा जन्मेको एक घन्टा भित्र आमाको बिगौती दूध चुसाउनु पर्ने, बच्चालाई आमाको दुध प्रयाप्त मात्रामा पुगेनपुगेको हेरफेर गर्नु पर्ने बिषमा जानकारी गराईएको थियो ।
यसैबिच सुनौला हजार दिनका आमाहरुले विशेषत पोषणमा ध्यान दिनु पर्ने, बच्चालाई बालभिटा खुवाउनु पर्ने जस्ता कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कर्यपालिका सदस्य हिमसरा थापाले मन्तब्य राख्नुभएको थियो । साथै वडा सदस्य कमला टमट्टा,
न्याय हेल्थ बयालपाटाका बिमला शाही ,सेवक नेपालका ममता थापा, ःक्ल्उ का सृजना कठायत ,महिला स्वयंसेवक ,सुनौला हजार दिनका आमा ,समजासेबी बुद्धिजिबी लगायत ६० जनाको सहभागिता रहेको थियो । महिला स्वास्थ्य स्वयंसेविका पार्बती थापाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन दर्ना स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मीप्रसाद जोशीले गर्नुभएको थियो ।