साउन २० अछाम
राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान जिल्ला शाखा अछामको ५ औं जिल्ला अधिवेशनको उदघाटन समारोह सम्पन्न भएको छ । जिल्ला अध्यक्ष भोजराज भाटको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रतिष्ठानका केन्द्रीय सचिव राधिका हमाल रहनुभयको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रीय सदस्य बिनोद बाजुरेलि र प्रतिष्ठानका सुदुरपश्चिम प्रदेश अध्यक्ष पदम बहादुर धामी रहनुभयको थियो । कार्यक्रममा नेकपाका नेता भिम जनाला, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति चन्द्र प्रसाद ढुङ्गाना,
मङ्गलसेन नगरप्रमुख पदम बहादुर बोहरा र पत्रकार महासङ्घका होम साउद लगायतका अतिथि रहनुभयको थियो । कार्यक्रममा कलाकारहरु रेखा जोशि, लाल बहादुर धामि, राम बहालुर साउद लगायतका कलाकारहरुले साङ्गितिक प्रस्तुति राख्नुभएको थियो ।
जिल्ला सचिव भिम बिष्टले साङ्गठिनक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रतीष्ठानका जिल्ला उपाध्यक्ष जनक कार्किले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन ललित रैगाईले गर्नुभएको थियो ।