शंकर थापा अछाम
उद्यमी समुहरु लाई कुखुरा दाना उत्पादन समन्धी ३ दीने तालीमको बान्नीगढी जयगढमा समापन गरीएको छ । कुखुराहरु लाई कुन किसीमको दाना उत्पादन गर्ने कुसरी उत्पादन गर्ने भन्ने बिषयमा सहभागीहरु लाई तालीम दिईएको थियो ।

बान्नीगढी जयगढ, चौरपाटि गाउँपालिका, सेभ द चिल्ड्रेन वाक नेपाल र युवा उद्यमीहरुको सँयुक्त लगानीमा तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय धनगढीको समन्वयमा तालीमको आयोजना गरीएको हो । बान्नीगढी दाना उद्योगका अध्यक्ष्य खेमराज ओझाको अध्यक्ष्यतामा भएको समापन कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष्य राजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष्य खड्काले तालीममा सिकेको सिप लाई व्याबाहारमा उर्तार्दै एक सफल उद्यमी बन्न पनि उहाँले उद्यमीहरु लाई आग्रह गर्नुभयो । साथै उहाँले युवाहरुका लागी सहयोग गर्न स्थायि सरकार तयार रहेको कुरा बताउदै सहयोग चाहीएमा माग गर्न पनि अनुरोध गर्नुभयो ।
तालीममा सहभागी युवा उद्यमीहरुले तालीम बाट आफुले धेरै कुरा सिकेको र व्यावाहरमा लागु गर्ने बताएका छन । समाजमा एक सफल उद्यमी बनेर समाजमा नमुना योग्य व्यावसाय गर्ने समेत बताएका छन । समापन कार्यक्रममा वाक नेपालका अध्यक्ष्य बल बहादुर केसी, सेभद चिल्ड्रेनका परियोजना संयोजक प्रतिमा कुवर,वाक नेपालका कार्यकारी निर्देशक देवि लाल उपाध्याय,
जयगढ बचत तथा ऋिण सहकारीका व्यावस्थापक महेन्द्र कुवर लगायत बान्नीगढी र चौरपाटि गाउँपालिकाका गरी १० जना उद्यमीहरुको सहभागीता रहेको थियो । तालीमको सहजीकरण खाद्य अनुसन्धान अधिकृत दिपक कुवर र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय धनगढीका उज्वल कोईरालाले गर्नुभएको थियो । बान्नीगढी दाना उद्योगका कोषाध्यक्ष्य कबिता साउदको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन बान्नीगढी दाना उद्योगका सचिव देबेन्द्र थापाले गर्नुभएको थियो ।