रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बयालपाटा र चरिकोट अस्पतालमा कागज रहित स्वास्थ्य सेवा

बयालपाटा र चरिकोट अस्पतालमा कागज रहित स्वास्थ्य सेवा
162
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

दिवस तिमिल्सिना / पूर्ण बहादुर खड्का, अछाम 

आधुनिक्ताको विकास संगै हरेक क्षेत्रमा अहिले सबै कामकाजहरु बिद्युतिय पद्धति मार्फत हुन थालेका छन् । छिटो छरितो, प्रभावकारी तथ्यांक तथा सजिलै पहुँचका लागि बिद्युतिय अभिलेख प्रणालीको प्रयोग बढीहरको छ । नेपालमा भने यस्तो बिधि केही हद्सम्म सिमित क्षेत्रमा मात्र लागु भएको पाईन्छ ।

तर न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले नेपालमै पहिलो पटक यस्तो एकिकृत ईएचआर भ्ज्च् बिद्युतिय स्वास्थ्य अभिलेख प्रणालीको सुरुवात सुदुरपश्चिमको अछामबाट गरेको छ । अछाम जिल्लामा संस्थाद्धारा संचालित बयालपाटा अस्पतालले सन् २०१५ मा पहिलो पटक यस्तो बिद्युतिय स्वास्थ्य अभिलेख प्रणालीको व्यावस्थापनमा सबै प्रकारका स्वास्थ्य सेवा तथा अभिलेखका कामकाजलाई कागज रहित बनाई रेकर्ड राख्दै आएको छ ।

उक्त प्रणालीलाई न्याय हेल्थ नेपालले अन्य क्षेत्रमा समेत विस्तार गर्दै आईरहेको छ । संस्थाको व्यावस्थापनमा संचालित चरिकोट अस्पताल दोलखा, चौरमाण्डौँ प्राथकि स्वास्थ्य केन्द्र अछाम पनि सोही बिधी मार्फत स्वास्थ्य सेवा र अभिलेख राख्ने काम भईरहेका छन । सो बिद्युतिय अभिलेखको प्रभावकारीता देखेर नुवाकोटमा रहेको त्रिशुली सरकारी अस्पतालले समेत बिद्युतिय स्वास्थ्य अभिलेख प्रणाली भ्ज्च् को प्रयोग गर्दै आईरहेको छ ।

यो भ्ज्च् लागु भएका अस्पतालमा उपचारका लागि पहिलो पटक आउने व्यक्तिलाई बिरामी दर्ता नं. सहितको एक कार्ड दिईन्छ । त्यसपछि कुनै कागजको प्रयोग नगरेरै सेवा दिन सुरु गरिन्छ । अस्पतालले बिद्युतीय स्वास्थ्य अभिलेख EHR पद्धति मार्फत बिरामीहरुको सवै बिवरण ईएचआर मा अभिलेखीकरण गरिएको हुन्छ ।

बिरामीलाई जाँच गरिसकेपछि चिकित्सकले उनको रोग तथा निदानको वारेमा सवै कुरा कम्प्यूटरमा ईन्ट्री गर्छन सोही अनुसार बिरामीलाई कस्तो उपचार गर्नु पर्ने हो भन्ने अन्य फाँटले समेत सजिलै हेर्न सक्छन । र यसरी बिरामीको उपचारपछि औषधी लिनलाई समेत कागजी प्रयोग हुदैँन, डाक्टरले औषधी भ्ज्च् मै लेख्छन र त्यसको रेकर्ड सिधैँ ओपनईआरपीमा जान्छ त्यसपछि फार्मेसीबाट ओपनईआरपी मार्फत औषधी दिईन्छ यसरी औषधी बितरण गरेपछि मौज्दातबाट क्रमश घटेर जान्छ । महिनामा के कति औषधी खर्च भयो भनेर सजिलै तथ्यांक निकाल्न सकिन्छ ।

उक्त रेकर्ड सधैँभरीको लागि अभिलेख भएको हुन्छ र अर्को पटक आउदाँ पहिलो पटक दिएको कार्ड नं. ले सबै कुरा सजिलै हेर्न सकिने प्राबधान बनाईएको छ । बिरामीलाई भविष्यमा चाहिने रिपोर्ट लगायतका सबै प्रकारका तथ्यांक सजिलै प्राप्त गर्न सकिन्छ । न्याय हेल्थ नेपालका अनुसार यो अभिलेख स.सथाले निर्धारण गरेको नेटवर्कको सरभरमा मात्र सिमित हुने भएकोले बिरामीको तथ्याँक चुहावट हुने सम्भावना हुदैँन ।

त्यति मात्रै नभई यो बिद्युतिय अभिलेख प्रणाली EHR ले सुचना तथा अभिलेखको अर्को महत्वपुर्ण काम ज्ःक्ष्क् को लागि तयार गर्नुपर्ने प्रतिबेदनका लािग आवश्यक सबै तथ्यांक समेत EHR मार्फत एकैछिनमा DHIS2 मा पठाउन सकिने व्यावस्था समेत गरिएको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा संचालित अस्पतालहरुमा यसको प्रयोग भई प्रभावकारीताको पुष्टी समेत भईसकेको छ ।

हाल न्याय हेल्थ नेपालले एकिकृत EHR DHIS2 प्रणाली मार्फत बिरामीको रेकर्डसंगै मासिक HIMS प्रतिवेदन समेत यसैको माध्यमबाट रिपोर्टगं गर्दै आईरहेको छ । जसले गर्दा डिजिटल तथ्यांकमा मानविय त्रुटी कम हुनुका साथै छोटो समयमै प्रतिबेदन केन्द्रिय प्रणालीमा पठाउन सफल भएको छ ।

तर नेपालका हरेक स्वास्थ्य संस्थालाई मासिक ज्ःक्ष्क् प्रतिवेदन तयार पार्न करिब एक हप्ता लाग्ने गरको छ भने स्वास्थ्य संस्थाले तयार पारेको प्रतिबदेन केन्द्रिय रिपोर्टिगं सफ्टवरमा राख्न कम्तिमा पनि दुई हप्ता लाग्ने गरेको छ । यसरी हातले तयार पारेको प्रतिबेदन रजिस्टरमा तथ्यांक राख्ने, ज्ःक्ष्क् को ढाँचामा तथ्यांक झिक्ने, हिसाव गर्ने, म्ज्क्ष्क्द्द मा तथ्याक प्रतिबेदन गर्ने जस्ता काममा मानबिय त्रुटि हुने भएकाले DHIS2 बाट लिईने तथ्यांक प्रभावकारी नभएको पाईएको छ । त्यसैले नेपालका सबै स्वास्थ्य संसथामा यदि यो बिद्युतिय अभिलेख प्रणाली EHR लाुग गर्ने हो भने हप्तौँ दिन सम्म लाग्ने काम एकैछिनमा र प्रभावकारी चुस्तदुरुस्त तथ्यांक दिने सकिने बलियो माध्यमको रुपमा प्रयोग गर्न सकिने बैकल्पिक माध्यम तयार भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “Hospital Management Strengthening Program (HMSP)” मा परिभाषित गरे अनुसार देशका हरेक जिल्ला स्तरिय अस्पतालहरुमा बिद्युुतिय प्रणाली मार्फृत बिरामीको दर्ता देखी अभिलेख राख्नु पर्ने भनिएता पनि हालसम्म उक्त बिधि खासै लाुगु भएको पाईदैन । न्याय हेल्थ नेपलाको समन्वय मार्फत नुवाकोटको त्रिशुली जिल्ला अस्पतालमा भने बिद्युतिय अभिलेख प्रणाली सुरु भएको हो ।

आधुनिक्ताको विकास र समयको माग संगै राज्यले समते यस्तो प्रकारको अभिलेख राख्ने प्रणालीको प्रयोग गर्ने हो भने हरेक प्रकारका तथ्यांक छोटो समयमै देशका कुनैपनि ठाँउमा हेरेर प्रयोग गर्न मद्दत पुग्ने देखिन्छ । बिद्युतिय तथ्यांकले प्रयोगकर्ता एवंम प्रबन्धकलाई आफ्नो स.सथामा भईरहेका सेवाहरुको जानकारी लिन तथा निगरानी राख्न ईनटरनेटको पहुँच भएको ठाँउबाट सजिलै हेर्न तथा बिश्लेषण गर्न सकिने छ ।

यसका साथै हाल प्रयोगमा भईरहेको कागजी भण्डारणको लागत कम गर्न र व्यावस्थापनमा हुने कठिनाई समेत हटेर जाने देखिन्छ भने विश्वसामु सुचना प्रणालीको स्तर उन्नतीमा प्रतिष्पर्धा गर्न र राज्यलाई प्रभावकारी तथ्यांक प्रयोगमा समेत टेवा पुग्नेछ ।

नेपालमा सन १९९३ मा सुरु भएको स्वास्थ्य व्यावस्थापन प्रणाली मार्फत स्वास्थ्य मन्त्रालयले देशका १३ वटा स्वास्थ्य कार्यक्रमहरुको निगरानी र मुल्यांकन गरिरहेको छ । उक्त कुरा कागजी माध्यम मार्फत हुदै आईरहेको छ भने सन् २०१७ बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त HIMS रिपोर्टिगंको लागि म्ज्क्ष्क्द्द प्रयोग गर्दै आइरहेको छ । उक्त माध्यमबाट तथ्यांक चित्रण गर्न, रोगहरुको म्यमपिगं र अुनुकतिल ड्यासबोर्ड बनाउन प्रभावकारी रहेको छ । DHIS2 विश्वका ६० भन्दा बढी देशहरुमा प्रयोग भएको पाईन्छ ।

EHR बिद्युतिय अभिलेख प्रणाली के हो ?

सुरुमा EHR नाम दिईको उक्त रेर्डड बिधी हाल नेपाल ईएचआर नामाकरण गरिएको छ । यो एक खुल्ला श्रोत अन्र्तगतको सफ्टवयर हो । यसले बिरामीको एकिकृत तथ्य, चिकित्सकिय ईतिहास, समस्या, प्रयोगशाला रिपोर्ट तथा भविष्यमा अपनाउनु पर्ने ओषधी उपचार एकैठाँउमा सुरक्षित गर्ने काम गर्दछ ।

बिरामी दर्ता देखी सबै उपचार भएसम्मको रेकर्ड एकैठाँउमा सजिलै राख्द्छ र यसरी रेकर्ड गरिएका तथ्यांकलाई एकै क्लिकमा DHIS2 प्रतिबेदन सफ्टवयरमा पठाउने काम गर्दछ । यस संगै जोडिएको Open ERP ले संस्थामा Inventory व्याव्वथापनका लागि काम गर्दछ । संस्थामा के कति मौज्दात छ भन्ने जानकारी र प्राप्त र निकासी, खर्चको विवरणको काम समेत ओपनईआरपीले गर्दछ ।

लेखकद्धय : न्याय हेल्थ नेपालमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal