शंकर थापा अछाम
मेरो माइक्रोफाइनान्स लघुबित्तीय संस्था लिमिटेड अछामले श्रीमान गुमाएकी संस्थासँग आवद्ध सदस्यका परीवारलाई कीरीया खर्च हस्तान्तरण गरेको छ ।

साफेबगर नगरपालिका वडा नम्बर १० स्थित केन्द्र नम्वर ४९ कि सदस्य पसुपती देबि लुहारका श्रीमानको मृत्यु पश्चात पाउने काजकिरिया खर्च ७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
संस्थाको साँफेबगर अछाम शाखाले संस्थासँग आवद्ध सदस्यको श्रीमानको मृत्यु भएपछि काजकिरिया खर्च हस्तान्तरण गरेको जनाएको छ ।
संंस्थाले मृतकका परीवारप्रती गहीरो समवेदना प्रकट गर्देै बैंकको नीर्णय अनुसार उक्त रकम प्रदान गरेको साफेबगर शाखाप्रमुख प्रशान्त शाहले जानकारी दीनुभयो ।