साउन २१ अछाम
रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले विप्लव निकट नेकपा संग सम्वन्धित समाचारमा आफ्नो भनाईलाई बढाईचढाई गरि केही मिडियाले समाचार प्रकाशित गरेकोप्रति आफ्नो गम्भिर ध्याँनाकर्षण भएको बताँउनुभएको छ ।

केही दिन अघि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी तारणी लम्साल सहित सरोकारवाला संग मंगलसैनमा भएको छलफलका क्रममा आफुले शान्तिसुरक्षाका विषयमा कुरा राख्दा रामारोशन लगायत दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गरिनुपर्ने र गाउँठाउँमा हुने मदिरा, कुटपिट, लैंगिक हिंसा जस्ता घटनालाई न्यूनिकरण गर्न प्रहरी जनशक्ति कम भएको कुरा डिआईजी समक्ष राखेको तर त्यहि विषयलाई समाचारमा बढाईचढाई गरिएको बताँउनुभयो ।
साथै सो कार्यक्रममा आफुले बिप्लव नेकपालाई प्रतिबन्ध लगायर मात्रै नहुने बरु राजनीतिक र बैचारीक रुपमा समस्या समाधान गर्नुपर्ने कुरा राखेको विषयलाई मिडियामा बढाईचढाई गरि प्रकाशन गरिएको रावलले बताँउनुभयो ।
“रामारोशन पर्यटकिय र संरक्षीत क्षेत्र तथा जडिबुटी र जंगली जीवजन्तुका हिसावले प्रसस्तै सम्भावना भएको क्षेत्र हो, त्यसको सुरक्षा र गाउँठाउँको शान्तिसुरक्षा पनि आवस्यक हुन्छ” उपाध्यक्ष रावलले भन्नुभयो “स्थानीय सरकारको तर्फबाट त्यो आवाज उठाईएको हो र प्रहरीलाई बस्ने भौतिक संरचना निर्माण गर्न माग समेत गरिएको हो ।”
समाचारमा चन्द समूहका कार्यकर्ता मार्फत आफुहरुलाई धम्की आईरहेको र त्यसको लागी सुरक्षा प्रबन्धको माग गरिएको भन्ने आसय रहेको भन्दै यस्तो कुरा आफुले नगरेको उपाध्यक्ष रावलले बताँउनुभयो । यहि विषयलाई लिएर बिप्लव समूह बिरुद्ध सुराकी गरेको भन्ने कुरा सामाजिक सञ्जालमा समेत आएकोले यसतर्फ आफ्नो ध्याँनाकर्षण भएको उहाँले बताँउनुभयो ।
आफुलाई कसैप्रति सुराकी गर्न आवस्यक नरहेको र कुनै राजनीतिक संगठन प्रति पूर्वाग्रह पनि नरहेको भन्दै उपाध्यक्ष रावलले बिप्लव समूहका कार्यकर्ताले फोन मार्फत धम्कि दिएको भन्ने कुरा पनि गलत भएको बताँउनुभयो ।
आफु बिनाकारण कुनैपनि कुरामा त्रसित र हतोत्साहित नहुने उहाँले बताँउनुभयो । बरु यसरि बेलाबेलामा आफ्नो भनाईलाई बढाईचढाई गरि समाचार सम्प्रेषण गर्नेप्रति कानूनी उपचारको बाटो खोजीने रावलले बताँउनुभयो ।