साउन २२ अछाम
साफेबगर नगरपालिका वडा नम्वर ११ देविस्थानको बैठक बिभिन्न निणर्य गर्दै सम्पन्न भएको छ । वडा अध्यक्ष्य गणेश बहादुर खड्काको अध्यक्षतामा भयको बैठकले आर्थिक बर्ष २०७६÷७७ मा गरीने योजनाहरु तथा कार्यक्रमहरु बैठकमा सार्बजनीक गरीएका थिए ।

साथै २०७६÷७७ मा गरीने योजनाहरु योजनाहरुका ऊपभोक्ता समिति साउन महिनाको ३१ गते भित्र गठन गरिसक्नु पर्ने र साफेबगर नगरपालीकामा ९५ प्रतिशत जनता साक्षर भैसकेको हुदा नेपाल सरकारको साक्षर घोषणा गर्ने
क्राईट एरिया पुगी सकेकाले साउन २६ गते साक्षर वडा घोषणा गर्ने लगायतका निणर्यहरु आजको वडा समीतीको बैठकले गरेको वडा अध्यक्ष्य गणेश बहादुर खड्काले जानकारी दिनुभएको छ । वडा समीतीको बैठकमा वडा सदस्य ठगे लुहार, हस्तना देवि खाती ,कल्पना देवि ओड र वडा सचिव नृप बहादुर कुवर रहनु लगायतको सहभागीता रहेको थियो ।