रोशन भट्ट साउन २२,
सुदूरपश्चिमका ६ पहाडी जिल्लामा रहेका अस्पतालमा सञ्चालन गरिएको टेलिमेडिसिन सेवा बर्षाैदेखि अवरुद्ध हुँदा उपचारमा समस्या हुन थालेको छ। भिडियो सम्पर्क मार्फत विशेषज्ञ डाक्टरबाटै दुर्गमका बिरामीको उपचार र परामर्श दिने उद्देश्यले सञ्चालन गरिएको उक्त सेवा अवरुद्ध भएपछि विरामी समस्यमा परेका हुन्।

आज भन्दा करिव १० वर्ष अगाडी सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न अस्पतालहरुमा यो सेवा सुरु गरिएको थियो। डडेल्धुरा बाहेक अन्य सबै जिल्ला असपतालमा राखिएका मेसिनहरु विग्रेर काम नलाग्ने अवस्थामा पुगेका छन। कतिपय जिल्लाका मेसिनहरु विग्रेर काम नलाग्ने अवस्थामा पुगेका छन भने तालिमप्राप्त चिकित्सक नभएको र पूर्वाधार नहुँदा कतिपय जिल्लामा भएको सेवा पनि सुचारु गर्न सकिएको छैन्।
सुरुको दुई वर्ष भिडियो सम्पर्क मार्फत विशेषज्ञ डाक्टरको परामर्श अनुसार उपचार सेवा पाएका पहाडी जिल्लाका विरामीहरुले अहिले उक्त सेवा बन्द हुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदिस चन्द्र विष्टले बताए। टेलिमेडिसिनको डिभाइसबाट गरिने सेवाहरू नयाँ प्रविधिबाट बिरामीलाई दिईरहेको अस्पताहरुले दावी गरेका छन्।
टेलिमेडिसिन प्रविधिबाट गरिने काम फेसबुक लाइभ, भाइबर, स्काइपबाट गरिरहेको तर प्रभावकारी भने नभएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए। टेलिमेडिसिनले विरामलाई परामर्श दिन तथा उपचार गर्न सहयोग गरेको भएपनि सेवा बन्द भएपनि समस्या भईरहेको उनले बताए।
विशेषज्ञ डाक्टरहरुको पहुच नपुगेका हिमाली तथा पहाडी जिल्लामा नेपाल सरकारले पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान ललीतपुरसंगको समन्वयमा टेलिमेडिसिन सेवा सुरु गरेको थियो। प्रभावकारी बन्दै गएको उक्त सेवालाई सरकारले निरन्तरता भने दिन सकेको छैन। तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने उक्त सेवालाई पुन सुचारु गर्नको लागि बजेट विनियोजन गरेको मन्त्रालयका वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए।