राजेन्द्र कुवर
स्थापना भएको लामो समय पछि विभिन्न खेमा समुहमा र पार्टीमा बिभाजन भएको नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत भएको छ । पार्टी एकताको घोषणा गरेर अघि बढे पनि करिब २ बर्ष लामो समय सम्म नेताहरुले मुल पार्टी लाई बेवास्ता गरेर गुट उपगुट निर्माणमा समय खर्च गरेका छन भने संगठनको गतिविधिमा पार्टी थला परेको छ ।

देशमा अन्यलाइ देखाउनका लागि सचिबालय, स्थाइ समिती,पोलिटब्युरो,केन्द्रिय कमिटी, प्रदेश र जिल्ला कमिटी गठनको नाटक त रचेका छन तर निर्माण गरिएका कमिटी कृयाशिल छैन अथवा जिम्मेवारी प्रदान गरिएको छैन ।
अहिलेसम्म केन्द्रमा बिभाग नै गठन गर्न नसके पछि अन्य संगठानात्मक गतिविधिले गति लिन नसकेको तितो यथार्थ सबैका अगाडि घाम जस्तो प्रस्ट छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को नेता तथा कार्यकर्ता उत्पदन गर्ने कम्पनीमा खिया लागि सकेको छ । नेपाली बिद्यार्थी आन्दोलनको मुल प्रबाहका रुपमा स्थापित अनेरास्ववियुका सबै जस्तो नेता कार्यकर्ता भुत्ते भ सकेका छन ।
शैक्षिक क्षेत्रका मात्रै होइन अखिलले उठाउने गरेको मुद्दा देश र जनतालाइ प्रत्यक्ष सरोकार रहेका सवालमा आम नागरिकको आवजलाइ सशक्त उठान गरेका कारणले सामाजिक तथा शैक्षिक आन्दोलनको भरोसा योग्य अखिल बिस्तारै हराइदै जाने हो कि भनेर चिन्ता र चासोको बिसय बनेको छ ।
मुल पार्टीको संगठन निर्माण र परिचालनमा रक्त संचारको काम गर्ने अन्य कुनै पनि जन संगठनका गतिविधि अघि बढी रहेकोे पाइदैन अनि कसरि हुन्छ अहिले ठूलो र शक्तिशाली भनिएको पार्टी बलियो कसरी हुन्छ भनेर आम सचेत ईमानदार कार्यकर्ता मन भित्र प्रश्नका भारी बोकेर बसेका छन ।
पार्टीलाई शसक्त र बलियो बनाउने गरि कहि कतै प्रश्न सोधिए छ भने प्रश्नकर्ता नै अर्कोतिरको हो कि भनेर शंक्काको घेरामा राख्छन चिन्ता पार्टी बलियो बनाउने भन्दा पनि गुट त्यो भित्र पनि उप गुट बलियो बनाउनेमा नेता कार्यकर्ता केन्दृत रहेको पाइन्छ ।
पुर्ब राजाको जस्तो सचिबालय बर्तमान पार्टी अध्यक्ष एबं प्रधानमन्त्री खड्क प्रशाद शर्मा वलि र पुश्पकमल दाहाल (प्रचण्ड ) को देखिन्छ राजतन्त्रको पुरानो धारबाट कति दिन कहिले सम्म चल्ने हो र चलाउछन आफ्नो अन्त्य संगै पार्टीलाई मलामी बनाएर लैजाने हुन कि भनेर आम बुद्धिजीवी निधार खुम्च्यार टुलु टुलु हेरि बसेका छन ।
अहिलेका पार्टी र सरकार प्रमुखलाई सुझाव सहित प्रश्न कसैले गरेको पाइमा गुट उप गुटको बिल्ला जबर्जस्ति भिराइन्छ प्रधानमन्त्रीको सचिबालयबाट पार्टी नेता कार्यकर्ता आम जनतालाइ छौडा भनेर बोल्दा लेख्दा त केही हुदैन ।
अहिले धेरै जस्तो नेता कार्यकर्ता सत्ताको बलमा गुट चलाइ रहेका छन, केहि जना पार्टी अध्यक्षको नाममा केही जनाले वरिष्ठतमहरुका र बाकिले शक्तिशाली प्रभाबशालीका नाम जपेर बसेका छन अनि पार्टी विधि पद्धतिले चलाउने समय कस्लाइ छ ।
परिवारिक नाता बाहेक सुदुरपश्चीम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मा गुट उप गुटका शक्तिशाली पात्र नभएको प्रष्ट भएको छ पिछुलग्गुहरुले गतिलो काम गर्न सक्दैन साझा पार्टीको त कल्पना गर्न छोडौ के पि बा र प्रचण्डको खास हु भनेर घमण्ड गर्नेजरु संघीय सरकारमा बुहारी बाहेक नेतालाइ मंन्त्री बनाउन नसक्ने हुतिहारले अब त लाज मान्नु पर्ने ।
आम नेपाली जनताको आसा भरोसाले बिश्वास गर्नु पर्ने साच्चिकै कम्युनिस्ट चरीत्रको पार्टी हो भने बर्गिय भावना प्रेम हुनु पर्छ होला नि ?पिछडिएको जाती बर्ग र क्षेत्रको संघीय सरकारमा सहभागिता छ ? अनि पार्टीको सचिबालयमा खोइ सुदुरपश्चिम ?भौतिक पुरबाधारको बिकासमा खोइ ? सरकार र पार्टी जनताको शंकाको घेरामा छन ।
पार्टी संगठनात्मक रुपमा कम्जोर बनाउदै जानाले संघीय सरकार देखि स्थानीय तह सम्मको सरकार संचालनमा निकै चुनौती र समस्या देखा पर्न थालेका छन यस्को उपचार समयम गर्नु पर्छ । हामी अनुमान गरौ यो पार्टी कस्तो हुँदै छ र कहाँ जाँदै छ सोचौ कम्युनिस्ट चरीत्रको बन्ला लेनिनवादि संगठनको तरिकाले परिचालन होला आलोचना आत्मा आलोचनाको पद्धतिमा जाला? पार्टीमा बर्गिय प्रेम कायम होला ?
अस्तु