रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

एस ई ई ग्रेड बृद्धि परिक्षाका यो वर्ष सदरमुकाम बाहिर पनि परिक्षा केन्द्र

एस ई ई ग्रेड बृद्धि परिक्षाका यो वर्ष सदरमुकाम बाहिर पनि परिक्षा केन्द्र
308
SHARES
345
VIEWS
Share on FacebookShare on Twitter

होम साउद, अछाम २३ साउन

२०७५ को एसईई परिक्षाको ग्रेडबृद्धि (पुरक) परिक्षाका लागि अछाममा परिक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई अछामका अनुसार जिल्लाका बिभिन्न ६ ठाउँमा ग्रेडबृद्धि परिक्षाको लागि परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

गत बिगतमा सदरमुकाम मंगलसैनमा मात्रै मौका परिक्षा सञ्चालन हुने भएपनि यो वर्ष अन्य स्थानमा पनि परिक्षा केन्द्र तोकिएको छ । बिभिन्न स्थानीय तह र विद्यालयलाई फरक फरक स्थानमा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।

भदौ १ गतेबाट हुने ग्रेडबृद्धि परिक्षामा अछामका ३ हजार जना परिक्षार्थी सहभागि हुन लागेका छन । यो वर्ष षोडशादेवी मावि, अछाम क्याम्पस, राधा मावि मंगलसैन तथा महेन्द्र मावि बयालपाटा, जनकल्याँण मावि साँफेबगर र सरस्वती मावि जयगढमा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई अछामका डम्मर रावलले जानकारी दिनुभयो ।

षोडशा मावि मंगलसैनमा मंगलसैन नगरपालिका, ढकारी गाउँपालिका र पञ्चदेवल बिनायक नगरपालिकाका बिभिन्न विद्यालयहरुबाट ६५५ जना परिक्षार्थी रहने भएका छन भने अछाम क्याम्पसमा तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाका सबै बिद्यालयका ५५५ जनाले परिक्षा दिने ब्यावस्था मिलाईएको छ ।

यस्तै राधा मावि बोगटीगाउँ केन्द्रमा षोडशा देवी मावि मंगलसैनका विद्यार्थिहरु, मंगला नेरा मावि वलिगाउँ, गंगा मावि तेसिंगे र अन्नपूर्ण मावि कालागाउँका गरि २३१ जनाले परिक्षा दिने प्रवन्ध शिक्षा विकास तथा समन्वय ईकाई अछामले गरेको छ । यसैगरि महेन्द्र मावि बयालपाटा केन्द्रमा चौरपाटी गाउँपालिकाका बिभिन्न विद्यालय, सरस्वी मावि जयगढ र राष्टभाषा मावि गाँज्राका गरि ६८६जनाले परिक्षा दिनेछन ।

जनकल्याँण मावि साँफेबगर परिक्षा केन्द्रमा महेन्द्र मावि बयालपाटा र मेल्लेख गाउँपालिका अन्र्तगतका विद्यालयबाट ४०२ जना बिद्यार्थिले परिक्षा दिने ब्यावस्था मिलाईएको छ । यस्तै सरस्वती मावि जयगढ परिक्षा केन्द्रमा बान्नीगढी जयगढ गाउँपालिकाका सरस्वती मावि र राष्टभाषा मावि बाहेकका विद्यालय र रामारोशन गाउँपालिकाका विद्यालयबाट ४७१ जना परिक्षार्थीले परिक्षा दिने ब्यावस्था गरिएको शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।

विद्यार्थि संख्या बढी भएकाले विद्यार्थिको सहजिलोका लागि परिक्षा केन्द्र बढाएको शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरिले जानकारी दिनुभयो । साथै परिक्षाका लागि सम्पूर्ण तयारीका कार्यहरु अघि बढिरहेको समेत प्रमुख गिरिले बताउँनुभयो ।

आवाज

https://ramaroshantoday.com/wp-content/uploads/2019/08/Laxman-Giri-BIT-04-23.mp3

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal