पुजा शाही ठकुरी श्रावण २३
अछाम प्रहरीले मंगलसेन नगरपालीका वडा नम्बर ७ कैतमारी निवासी एक स्थानीयको टहराबाट ८० लिटर तयारी घरेलु मदिरा विहिवार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी गस्ति टोलिले कैतमारी बस्ने मदन प्रसाद जैशीको टिनको टहरोमा लुकाई छिपाई राखिएको अवस्थामा तयारी घरेलु मदिरा ८० लिटर बरामद गरेको हो ।
यस्तै खानतलासीका क्रममा घरेलु मदिरा बनाउन राखिएको पास ६ सय २५ लिटर कच्चा पदार्थ पास र मदिरा बनाउन आवश्यक भाडावर्तन पनि बरामद गरीएको छ ।
बरामद गरीएको तयारी मदिरा र कच्चा पदार्थ पास स्थानीय र जनप्रतिनिधीको रोहोवरमा विहीवार नै नष्ट गरीएको छ । त्यस्तै घरेलु मदिरा बनाउन प्रयोग गरिने भाँडावर्तन भने नियन्त्रणमा लिएको जनाएको छ ।