साउन २४, कैलाली
पछिल्लो एक बर्षमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि कैलाली जिल्लामा सवारी दुर्घटना भएका छन्। प्रदेशभरी आर्थिक बर्ष २०७५÷०७६ मा दुई सय ३४ सवारी दुर्घटनामा २ सय २३ जनाको मृत्यु भएकोमा सबैभन्दा बढि दुर्घटना र मृत्यु हुनेको सङख्या कैलालीमा रहेको छ। सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार

कैलाली जिल्लामा मात्रै ८५ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ भने एक सय ५१ जना घाईते भएका छन्। यो तथ्याङक हेर्दा गत आर्थिक बर्षमा ठुलो संख्यामा मानविय क्षति भएको छ। कैलालीमा सबैभन्दा बढि मोटरसाईकल दुर्घटना भएर मानवीय क्षती भएको ट्राफिक प्रहरीले जनाएको छ।
सवारी साधानहरुको चाप बढ्दै गएपनि यात्रु र चालकमा लापरवाही देखिएकाले बर्षेनी ठुलो सङख्यामा मानवीय क्षती भईरहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटससाईकल चलाउदा हेलमेटको प्रयोग नगर्नु,
ग्रमिण क्षेत्रमा पनि सवारी साधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनुले दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाई छ। तर स्थानीयले भने ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रण भन्दा पनि असुलीमा ध्यान केन्द्रित गरेकोले दुर्घटना बढेको बताएका छन्।