साउन २४
त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस दुर्घटनामा परि १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ। साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन्। सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो। अहिले उद्धारको काम भैहरेको छ। बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ।