एजेन्सी
चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले सजाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ ।

मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको चुनाव जितेपछि जाभियर सेवास्टियन जिमेनेज सान्टिजले नगरवासीसँगको प्रतिवद्धता पूरा गरेनन् । नगरवासी मेयरको कार्यकक्षमा पसेर जाभियर र नगरपालिकाका आर्थिक पाटो हेर्ने संरक्षकलाई महिलाको लुगा लगाउन वाध्य पारेका हुन् । दुवैलाई महिलाको कपडा लगाएर शहर घुमाइएको थियो ।
महिलाको कपडा लगाएर चार दिनसम्म शहरको गल्ली घुम्न वाध्य पारिएका थिए । मेरले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएर घुमेका थिए । मेयरले करिब करोर्डौ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका छन्।