राजेन्द्र कुवर साउन २४ अछाम
चौरपाटी गाउँपालिकाको कार्यलय देखी बजार सम्म सरसफाई गरीएको छ । चौरपाटी गाउँपालिकाका कर्मचारी र बजार व्यावस्थापन समितीका पदाधीकारीहरुको नेतृत्वमा गाउँपालिकाको कार्यलय देखी बजार क्षेत्र भित्र सरसफाई गरीएको हो ।

चौरपाटी गाउँपालिकाले गाउँपालिकालाइ सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्नका लागि सरसफाइ बर्ष २०७६ घोषणा गरेर विभिन्न गतिविधि गरि रहेको छ । गाउँपालिकाका सबै वडामा जथाभावी फालेका मदिराको सिसा संकलन गर्नुका साथै पलाष्टिक जन्यलाइ न्यूनीकरण गर्न लागि परेको स्वास्थ संयोजक धनबहादुर थापाले बताउनु भएको छ ।
सरसफाइ उन्मुख चौरपाटी बनाउने कामका लागि सात वटै वडामा सरसफाइ सहजकर्ता मार्फत ब्याक्तिगत सरसफाइका साथै शुद्ध खानेपानी र सौचालयको प्रयोगको अवस्थाका बारेमा समुदाय परिचालन भैरहेको छ । जस अनुरुप नै आज चौरपाटी गाउँपालिका र बजार व्यावस्थापन समीती बिच प्रत्यक शुक्रबार बजार सरसफाई गर्ने निणर्य भएपछि हप्ताको एक दिन शुक्रबार सरसफाई गरीएको बताईएको छ ।
सफा,सुन्दर चौरपाटी बनाउनको लागी सरसफाई लाई निरन्तर्ता दिईने भएको छ । चौरपाटी गाउँपालिकाका कर्मचारी र बजार व्यावस्थापन समीतीका पदाधीकारीहरुले हप्ताको एक दिन शुत्रबार सरसफाई गर्ने गाउँपालिकाका आईटी अफिसर मुकेश कुवरले जानकारी दिनुभएको छ ।
सरसफाईका केही झलकहरु