कल्पना बोहरा असार २४ अछाम
साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्बरलाई आज एक कार्यत्रमका बिच पूर्ण साक्षर वडा घोषणा गरीएको छ । वडाको साक्षर दर ९९ पुगेपछि आज एक कार्यक्रमका बिच वडालाई साक्षर वडा घोषणा गरीएको हो । नेपाल सरकारको निर्णय अनुसार ० देखी ९ सम्मको अंक चिन्ने, वोर्ड तथा ट्राफिक चिन्हहरु चिन्न तथा पढन सक्ने,

बैंक तथा भौजर भर्र्ने सक्ने, घडिहेरी समय बताउन सक्ने भएपटि वडालाई साक्षर घोषण गर्न सकिने निर्णय अनुसार वडा तथा नगरलाई साक्षर घोषण गर्न सकिने नेपाल सरकारको निर्णय अनुसार वडालाई साक्षर घोषण गरीएको हो । वडा अध्यक्ष कृष्र्ण बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख बिर्मला बुडथापा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुवँरले नेपाल सरकारको नियम र नगरपालिकाको आग्रह अनुसार वडालाई साक्षर घोषणा गर्नको लागी महत्वपूर्ण भुमिका खेलेको भन्द्रै सिद्धेश्बरबासी र वडा अध्यक्षलाई धन्यवाद दिनुभयो । उहाँले नगरलाई हाम्रो अनि राम्रो नगर बनाउन सबैले आ–आफनो ठाँउबाट लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथीमा वडा नम्बर १२ का वडा अध्यक्ष तथा पूर्ण साक्षर नगर घोषणाका सदस्य प्रकाश राना र नगर शिक्षा शाखाका प्रमुख नर बहादुर कार्की रहनु भएको थियो । अन्य अतिथीमा नेकपाका जिल्ला कमिटी सदस्य रंग ठकुल्ला, नेपालि काग्रेसका वडा सभापति प्रम बहादुर ठकुल्ला, राप्रवाका र्सजन कुवँर, वडा सदस्य बल बहादुर कुवँर, समाजसेबि कर्णरुप कुवँर, रमेश कुवँर, झङकर कुवँर, महिला स्वास्थ्य स्वयम सेविका दमन्ती कुवँर लगाएतले मतव्य राख्नुभएको थियो ।
मतव्य राख्नुहुने सम्पूर्णले वडालाई साक्षर घोषणा मात्र नभई यस्को दिगोपनकालागी लाग्न आग्रह गर्नुभएको थियो । यस्तै शिक्षाबिना समृद्ध समाज नहुने भन्दै वडालाई साक्षर घोष्ण भन्दापनि वडाको साक्षर दरलाई पनि ध्यान दिनु सुझाव दिएको थिए ।
पूर्ण साक्षर घाषण कार्यक्रममा कुल बहादुर कुवँर, जगत कुवँर, वयालपाटा अस्पतालका प्रतिनीधी सत्य सुनार, दलित प्रतिनीधी बसन्त सुनार, महिला, सामाजिक सहजकर्ता शर्मिला शाह लगाएतको सहभागीता रहेको थियो । वडा सदस्य बल बहादुर कुवँरको स्वागत मतव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन वडा सचिब धुर्व बिकले गर्नु भएको थियो ।