चन्द्र भण्डारी साउन २४ अछाम
मङलसैन नगरपालिका प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण नेपालको सहजीकरणमा नगरको वडानम्वर १० स्थित कालिका सामुदायिक वन र बान्निगढी जयगढ गाउपालिका वडा न ५ स्थित थालाकोट सामुदायिक वन समूह बिचको सिमा विवाद बारे सरोकारवालाहरु संगको पूर्वतयारी बैठक सम्पन्न भएको छ ।

सामुदायिक बनमा आएको सिमा विवादलाइ कसैको पक्ष नलिएर काम गर्न र एक आपसमा मेलमिलाप गराउन तथा आ आफ्ना सिमाबारे यथार्थ कागज पत्र ल्याएर आउन दुबै पक्षलाई आग्रह गरिएको छ । अव वन जंगलको संरक्षणमा जोड गर्न मंगलसैन नगरप्रमुख पदमबहादुर बोहराले आग्रह गर्नुभयो ।
उहाले प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रलाइ सम्बन्धित ठाउमा गएर बुझ्न् समेत आग्रह गर्नुभयो । कसैको पक्ष नलिएर फाटेको मनहरुलाइ मिलाउने तिर सबैले ध्यान दिन सहजकर्ता टंक भण्डारी आग्रह गर्नुभयो । मङगलसैन नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष नेत्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।
कार्यक्रममा बिशिस्ट अथिती नगर उप प्रमुख सरिता उपाध्यय, अथिती बान्निगदी जयगड गाउँपालिका ५ का कार्यबाहक वडा अध्यक्ष दान बहादुर रावल, सहायक डिभिजन बन अधिकृत सत्यनारायण महतो लगायत सरोकारवालाको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका रास्ट्रिय श्रोतब्याक्ति टंक भण्डारी र सहजकर्ता पार्बती रावलले गर्नु भएको थियो ।