कमला खत्री साउन २५ अछाम
पञ्चदेवल बिनायक नगरपालिका वडानक्वर १ मा सञ्चालित रुपान्तरण कक्षाको समापन गरिएको छ । वाक नेपाल पावर परियाेजना द्वारा ३० दिन सम्म सञ्चालन भएको शनिवारिय रुपान्तरण कक्षाकाे एक कार्यक्रमका विच समापन गरिएको हो ।

अामा समुहाका प्रतिनिधि धनसाेभा तिमिल्सेनाको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो रामाराेशनका पत्रकार हाेम साउद, बिक्रम परियार, वाक नेपाल पावर परियाेजनाका तपेन्द्र ठकुल्ला, रुपान्तरण कक्षाका साथि शिक्षक मेलिना देवकाेटा, महिला स्वास्थ्य स्वयंसेविका मैसरा तिमिल्सिना, सहभागीकाे तर्फबाट जयन्ती तिमिल्सिनाले शुभकामना मन्तब्य राख्नुभएको थियाे ।
मन्तब्य राख्नेहरुले रुपान्तरण कक्षामा सिकेका कुरालाई ब्यावहारिक जिवनमा प्रयाेग गर्न सहभागीलाई अनुराेध गरेका थिए । सहभागी धिरज देवकोटाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन बालक्लवका अध्यक्ष बामदेब उपाध्ययाले गर्नुभएको थियाे ।