चन्द्र प्रसाद भाट,साउन २५ अछाम
मालिका चतुदर्शी को अवशरमा बिनायक मा लाग्ने मष्टामाण्डौ र बाल्देमाण्डौ मेलालाई सभ्य र शान्तपूर्बक सम्पन्न गर्नका लागी गठन गरीएको मेला ब्यवस्थापन समितिले आज पञ्चदेवल बिनायक बजार सरसफाई गरेको छ । पञ्चदेवल बिनायक नगरपालीका वडा नः २ का वडा अध्यक्ष पदम बः धामीको सँयोजकत्वमा गठित समितिले बजार क्षेत्र वरीपरी सरसफाइ गरेको हो ।

बर्षा याममा बजार क्षेत्र भित्र उम्रिएका झार खण्डका बोट बिरुवा,जँगफुड फोहोरहरु,सिसाका बोतलहरु लगाएतका फोहोरहरु ब्यवस्थापन गरेको बताईएको छ । पञ्चदेवल बिनायक नगरपालीकोको वरीपरी पनि सरसफाई गरीएको छ ।सरसफाई पछि बसेकोसमितिको बैठकले मेलालाइ मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
मेलामा मदिरा सेवन गरी अमर्यादित क्रियाकलाप गर्नेलाई कानुनी कार्बाहि गरीने समितिले जनाएको छ ।सदाका बर्षझै यस बर्ष पनि मेलालाई ब्यवस्थित बनाउनका लागी सबैले हातेमालो गर्दै सहयोग गर्न पनि समितिले सबैमा आग्रह गरेको छ ।
कार्यक्रममा जनप्रतिनिधि,ईलाका प्रहरी कार्यालय बिनायकका प्रतिनिधि,प्रशासन कार्यालयका प्रतिनिधि,पत्रकार नगरपालीका का बिषयगत शाखाका प्रमुख एबम प्रतिनिधि,सरकारी तथा गैर सरकारी सँघसस्थाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।