कपिलवस्तु । जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी भएको छ । कपिलवस्तुको उक्त गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेको हो । आगजनीका कारण गाडीका महत्वपूर्ण भाग पूरै जले नष्ट भएको छ ।
सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा शनिबार राति १०.५० बजेतिर आगजनी भएको प्रहरीले बताएको छ । आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ। राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।