शंकर थापा साउन २६ अछाम
साफेबगर नगरपालीका वडा नम्वर ११ देविस्थान लाई साक्षर वडा घोषणा गरीएको छ । वडामा रहेको कुल जनसंख्या मध्य ९५ प्रतिशत साक्षर भईसकेपछि साक्षर घोषणाको लागी पुर्याउनु पर्ने नितिनियम पुरा गरीसकेपछि आज एक कार्यक्रमका बिच वडा लाई साक्षर घोषणा गरीएको हो ।

वडा अध्यक्ष गणेश बहादुर खड्काको अध्यक्षतामा कार्यक्रममा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष्य खड्काले वडालाई साक्षर वडा घोषणा गर्ने संघ संस्था र सरोकारवालाई धन्यवाद दिदै आगामी वडाका कार्यलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
यस्तै अध्यक्ष खड्काले साक्षर वडालाई शत प्रतिशत पुगाउन घरमूलीको मूख्य भूमिका रहने भएकाले रहेको ५ प्रतिशत लाई समेत साक्षर बनाउन अनुरोध गर्नु भयो । कार्यक्रममा प्रमुख अथिति नेपाली काङ्गग्रेस वडा कार्यसमीति सभापति बिर बहादुर खडरका रहनु भएकोे थियो ।
कार्यक्रममा बोल्दै वडा सभापती खड्काले साक्षरता घोषणालाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको छ । साक्षर घोषणा गरेर मात्र नहुने भन्दै यसको दिगोपनाको लागी सबैले आप्नो क्षत्र बाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा नेकपाका प्रतिनिधी प्रेम बहादुर खड्रका, वडा सदस्य दान बहादुर धामी, हस्तना देवि खाती,
कल्पना देवि ओड, कैलास प्रावीका प्रधनाध्यापक धन बहादुर खाती, हंश बाहीनि माविका शिक्षक नर बहादुर खाती राजेन्द्र बहादुर खड्रका, मेलमीलाप क्रता रामचंद्र खड्रका, स्वास्थ्य ईन्चार्ज छाया पछाई, महिला संजालका अध्यक्ष हरिना देवि ओड तुली देवि खड्रका,
जेस्ठ नागरिक नवल सिहं धामी, समाजसेवी प्रसादे धामी, दलीत प्रतीनिधी दाने दास, विनोद खड्रका लगायत समाजसेवी बुद्वीजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विनोद खड्रका शिक्षक राजेन्द्र खड्रका धन बहादुर खाती लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव नृप बहादुर कुवरले गर्नुभएको थियो ।