गिता कुवर, साउन २७ अछाम
बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालको भवनमा आगलागी हुदा भवन पूर्णरुपम जलेर नष्ट भएको छ। विद्यालयको पूरानो टिनले छाएको दुई कोठे भवन बाच्कोटमा निमार्णधिन नेपाल टेलिकम टावरको सोलार ब्याट्री र अन्य सामाग्रीहरु राखिएको थियो।

आइतबार दिउँसो करिब २ बजे तिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सोलार ब्याट्रीहरुमा सूचालक वस्तु खस्न गई नेगेटिभ र पोजेटिभ टर्मिनल जोडिँदा आगलागी भएको हो।
आगलागीले विद्यायलयका कागजातहरु जलेर नष्ट भएका छन्। प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो। annapurna post bata