बिक्रम परियार, अछाम २७ साउन
सुदूरपश्चिम प्रदेशसभा सदस्य बलबहादुर सोडारीले प्रदेश सरकारले युवाका विषयमा बजेट राखेको र अछामका युवाहरुलाई स्वरोजगार बनाउँनका लागि उक्त बजेट मार्फत आवस्यक पहल गर्ने बताँउनुभएको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०७६ को अवसरमा अछाम सदरमुकाम मंगलसैनमा जिल्ला युवा संजालले आयोजना गरेको कार्यक्रममा बोल्दै सोडारीले सो कुरा बताँउनुभएको हो । प्रदेश साँसद सोडारीले मदिराका कारण बिग्रियका युवाहरुलाई सुधार गदै अघि बढ्नुपर्ने र बेरोजगारी समस्या न्यूनिकरणमा लाग्नुपर्ने बताँउनुभयो ।
आवाज
कार्यक्रमका बिशिष्ट अतिथी मंगलसैन नगरपालिका प्रमुख पदमबहादुर बोहराले युवाहरु उत्पादनमुलक कार्यमा लाग्नुपर्ने बताँउनुभयो । कृषि उत्पादन, पशुपालन लगायतका उद्यमशिलल कार्यमा युवाहरु जुट्नुपर्ने भन्दै नगरप्रमुख बोहराले युवाले अधिकार मात्रै नखोजी उद्यमका कार्य पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
आवाज
यस्तै कार्यक्रममाा मंगलसैन नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीले नगरपालिकाले युवा उद्यमशिलताका लागि र विकास निर्माणका कार्यका लागि युवाहरुलाई परिचालन गर्न कार्यविधि तयार गरिरहेको भन्दै समाज निर्माणका लागि युवाहरुको पनि भूमिका आवस्यक रहेको बताँउनुभयो ।
आवाज
जिल्ला युवा संजाल अछामका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको स्थानीय विकासमा युवा सहभागिता विषयक अन्तरसम्वाद तथा शुभकामना आदान प्रदान कार्यक्रममा मंगलसैन नगरपालिका सामाजिक समिति संयोजक तथा वडानम्वर ४ का अध्यक्ष पदमबहादुर धामी,
सबै वडा अध्यक्षहरुको तर्फबाट मंगलसैन ६ का अध्यक्ष जनकराज भण्डारी, पत्रकार महाँसंघका सुदूरपश्चिम प्रदेश सदस्य पुष्पराज भट्ट, युवा संजाल साँफेबगरका अध्यक्ष भुपेन्द्र भण्डारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा संयुक्तराष्ट्रसंघिय जनसंख्या विकास कोष यूएनएफपिए का अछाम प्रमुख भरत गोतामेले युवा दिवसको सान्र्दभिकता, युवाको हालको अवस्था र समसामयिक विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो भने सहभागी युवा उद्यामी,युवा संजालका पदाधिकारी लगायतका युवाहरुले जनप्रतिनिधि संग आफ्ना सवाल र समस्याहरु राखेका थिए । प्रमिला ढुंगानाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन शुनिल भण्डारीले गर्नुभएको थियो ।