पुजा रावल साउन २७ अछाम
अछाम जिल्लाका १९ वटा वडामा सञ्चालन गरीएका रुपान्तरण कक्षाका साथी शिक्षकहरु लाई पढाई तथा समुह गठन कार्यक्रम साफेबगरमा सुरुभएको छ । रुपान्तरण कक्षाको समापन गरीए संगै साथी शिक्षकहरु लाई तालीम प्रदान र्ग लागीएको होे । वाक नेपाल वल्डभिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालीत पावर परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो ।

बिशेष गरी अछामका १९ वटा वडाहरुमा कार्यक्रम मार्पत बालबालिकाहरुले रुपान्तरण जिवन उपयोगी सिप सम्बन्धकिा आत्मजागरण, मेरो संसार, लैगिकता,बालअधिकार र कतव्र्य ,खर्च र बचत लगायत १५ वटा खण्डहरु वारेमा ज्ञान प्रदान गरेको
कुरा कार्यक्रमलाई ६ महिना सम्म सहजीकरण साथी शिक्षकहरुले वालवालीकाहरु लाई शिक्षा प्रदान गरी कार्यक्रमको समापन भईसके पश्चात साथी शिक्षहहरु लाई थप ज्ञान सिपको लागी र आगामी दिनमा पनि यस्तै खालका कक्षाहरु सञ्चालन गर्न सकुन भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीको वान नेपाल अछामले जनाएको छ ।
यसैबिच रुपान्तरण कक्षामा आफ्नोको क्षमताविकास हुनुका साथ साथै बालविवाह, छाउपडी कुप्रथा उन्मुलन लगायतका विभिन्न परम्परागत नराम्रा अभ्यासहरुका विरुद्धमा किशोर किशोरीहरुले आवाज उठान गर्न गर्ने बिषमा ज्ञान सिकाउन साथी शिक्षकको भुमिका महत्वपुर्ण रहेको छ ।
फागुन बाट सुरुभएको रुपान्तरण कक्षा साउन २४ गते समपन भए पश्चात साथी शिक्षकहरु लाई स्थानिय तहले हर्ने गरी सम्पर्क गरीदीने र उनीहरुले स्थानिय तह मार्फत यस्ता कक्षाको सहजीकरण गर्न थप टेवा पुग्ने र रुपान्तरण जिवन उपयागी सिप समुह गठन गर्नका लागी तालीम प्रदान उदेश्यका साथ कार्यक्रमको सुरुवात गरीएको हो ।
वाक नेपाल अछामका उापाध्यक्ष्य बल बहादुर केसीको अध्यक्ष्यतामा भएको कार्यक्रममा १९ वटा वडाका ३६ जना साथी शिक्षकहरुको सहभागीता रहेको छ । कर्यक्रमको सहजीकरण पावर परियोजनाका कार्यक्रम संयोजक पदम भट्टले गरीरहनुभएको छ । भने उद्घाटन कार्यक्रमको सञ्चालन पावर परियोजनाका बम भट्टले गर्नुभएको थियो ।