चन्द्र प्रसाद भाट,साउन २८ अछाम
सदाका बर्षहरु झै मालीका चतुदर्शिका दिन अर्थात श्रावण २९ गते बिनायक मा लाग्ने मस्टामाण्डौ मेलाको रौनकता आजबाटै सुरु भएको छ । पञ्देवल बिनायक नगरपालीका वडा न ः २ मा लाग्ने मेला को आज नै भक्तजनहरु आउने क्रम सुरु भैसकेको छ ।

मेलामा अछाम लगाएत छिमेकी जिल्ला दैलेख,कालीकोट,सुर्खेत,कैलाली लगाएत का छिमेकी जिल्लाहरु बाट भक्तजनहरु आउने गर्दछन । बिनायक आसपास का भक्तजनरु भोली मात्रै आउने भएपनि टाढाबाट आउने भक्तजनहरु भने आज नै आउने गर्दछन । टाढाबाट भक्तजनहरु आउने क्रम बढेकाले बिनायक बजारमा चहलपहल बाक्लीएको छ ।
मेलालाई मर्यादित बनाउनका लागी मदिरा लाई नै प्रमुख रुपमा नियन्त्रण गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डियसपि जनक बः शाहीले बताउनुभयो। मेलामा सुरक्षाको ब्यवस्था लाई बलियो बनाउन का लागी आज बिनायक पुग्नुभएका डियसपि शाहीले मेला लाई मर्यादित रुपमा सम्पन्न गर्नका प्रहरी एक्लैले केहि गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय बिनायकका प्रमुख लक्ष्मण बिक लाई निर्देशन दिनुहुँदै उहाँले सुरक्षाको ब्यवस्था पूर्ण रुपमा गर्न आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको नेतृत्वमा बिनायक पुगेको एक टोलीले अस्थाई प्रहरी पोष्ट बेल्खेतको पनि निरीक्षण गरेकोछ ।
पछिल्लो समय अछामका प्रमुख ब्यापारी केन्द्रहरुमा म्याद नाघेका खाद्यबस्तुहरु बढि मात्रामा पाईन थालेपछि कमलबजार र बिनायक बजारमा तत्काल बजार अनुगमन गरीने प्रमुख जिल्ला अधिकरी श्रेष्ठले जानकारी दिनुभयो ।