साउन २८ अछाम
साँफेबगर नगरपालिका १३ बाब्लालाई एक कार्यक्रमका बिच पूर्ण साक्षर वडा घोषणा गरिएको छ । वडामा रहेका सबै जनसंख्याको ९५ प्रतिशत ब्याक्ति साक्षर भएपछि वडालाई औपचारिक रुपमा पूर्ण साक्षर घोषणा गरिएको हो ।

वडा अध्यक्ष सागर सिंह बाब्लिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर कार्यपालिका सदस्य सावित्रि कुवर रहनुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथीमा नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य बल बहादुर साउद रहनुभएको थियो ।
यस्तै पूर्व गाविस अध्यक्ष राईसिंह बटाला, राष्टिय मावि बाब्लाका पूर्व शिक्षक कम्मान सिंह कुवर, बाब्ला सामुदायिक विकास समूहका अध्यक्ष दयानाथ जोशी लगायतका अतिथी रहनुभएको थियो । साथै आर्थिक वर्ष २०७६÷७७ मा वडाबाट बिनियोजीत बिभिन्न योजनाहरुको उपभोक्ता समितिहरु पनि गठन गरिएको छ ।
सोही अवसरमा भएको भेलाले श्रीकृष्ण जन्माष्टमीको मेला ब्यावस्थापनका लागि पनि समिति समेत गठन गरिएको छ । वडा सदस्य नवलसिंह रावतले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडाका सामाजिक सहजकर्ता डम्मरकला नेपालीले गर्नुभएको थियो ।