रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछाममा एकै दिन ८६ लिटर न्युन गुणस्तरको मदिरा बरामद

अछाममा एकै दिन ८६ लिटर न्युन गुणस्तरको मदिरा बरामद
201
SHARES
204
VIEWS
Share on FacebookShare on Twitter

पुजा शाही ठकुरी श्रावण २८  अछाम

अछाम प्रहरीले घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियानलाई थप तीव्र पारेको छ । मदिरा सेवनका कारण समाजमा विभिन्न हींसाका घटनाहरुमा वृद्धी हुनुका साथै विकृतीजन्य घटनाहरु बढेको भन्दै प्रहरीले गस्ती टोली मार्फत न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियान थालेको हो ।

अभियान कै क्रममा जिल्ला प्रहरी कार्यालय अछाम मातहत जिल्लाका विभिन्न ठाउँमा खटिएको प्रहरी गस्ती टोलीले स्थानीयका घर तथा पसलबाट बरामद गरेको घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा मंगलवार नष्ट गरीएको छ ।

जिल्लाको पंचदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिका र तुर्माखाँद गाउँपालिकाका विभिन्न वडामा खानतलास गरी बरामद गरीएको ३८ लिटर अवैध न्युन गुणस्तरको मदिरा र ४८ लिटर घरेलु मदिरा स्थानिय जनप्रतीनीधी र बुद्धीजिबीहरुको रोहवरमा मंगलवार नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दीएको छ ।

सोमबार ईलाका प्रहरी कार्यालय विनायकबाट खटीएको प्रहरी गस्ती टोलीले नगरपालीकाको वडा नम्बर २ धामिगाउँबाट मात्रै ४३ लिटर घरेलु मदिरा बरामद गरेको थियो । सोमबार नै तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ रानिवनबाट पनि प्रहरीले ५ लिटर घरेलु मदिरा र न्युन गुणस्तरको ८ लिटर मदिरा बरामद गरेको थियो ।

यस्तै प्रहरी चौकी साँफेबगरले बरामद गरेको न्युन गुणस्तरको १५ लिटर मदिरा र साँफेबगर नगरपालिका वडा नम्बर २ पिपलतोलीमा से.१ ज.४२५ नम्बरको जिपमा चेकजाँच गर्ने क्रममा फेला परेको १५ लिटर न्युन गुणस्तरको मदिरा पनि आजै नष्ट गरीएको प्रहरीले जनाएको छ ।

अछाम जिल्लामा लामो समयदेखी प्रहरीले अवैध मदिरा नियन्त्रणको प्रयास जारी राखेको छ । तर पनि लुकीछीपी घरेलु तथा न्युन गुणस्तरको मदिरा विक्री वितरणको क्रम भने रोकीएको छैन ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal