शंकर थापा,२९ अछाम
बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा गठित समता बाल सन्जालले गाउँपालिकाको कार्यलयमा वालबिबाहको मुद्दा दर्ता गरेको छ । सन्जालका पदाधिकाहरुको नेतृत्वले मंगलवार निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावल समक्ष वालबिबाहको मुद्दा दर्ता गरेका हुन ।

साउन १५ गते बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना कोटबाडाका १६ बर्षका सिद्ध परियार र मङ्गलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउकी अन्दाजी १८ देखि १९ बर्ष्कि बसन्ती परियार बिच बाल बिबाह भएको थियो ।
उनिहरु बिच वालबिबाह भएको थाहा पाएपछी वडामा गठित समता बाल सन्जालका पदाधिकारीले गत साउन १९ गते वडा कार्यलयमा निबेदन दिएका थिए । निवेदन दिएको एक हप्ता बिति सक्दा सम्म पनि कुनै सुनुवाई नभएपछी गाउँपलिकामा मुद्दा दर्ता गरिएको वालक्लवले जनाएको छ ।
रामारोशन टुडे अनलाईन सङ्ग कुराकानी गर्दै क्लबका अध्यक्ष पुजा शाहले वडामा वडा अध्यक्ष नभएकाले कार्यबाहक अध्यक्ष लाई आफ्नो माग सुनुवाइ गरि दिनको लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नगरिएको गुनासो गर्नु भएको छ ।
वडामा बुझाएको निवेदनको सुनुवाइ छिट्टै गरि दिने भनेर आश्वासन मात्र बाडिएको तर मुखले भनेर झारो टार्ने काम मात्र गरेको बताउनु भयो । आफुले निवेदनको सुनुवाइ किन भएन भनेरा बारम्बार बुझ्न खोज्दा आफ्नो कुरा नसुने पछि बाध्य भएर गाउँपालिकामा आएको जानकारी दिनुभएको छ ।
यसैबिच क्लबका सचीव बिन्दु साउदले पनि वडा कार्यलय प्रती गुनासो गर्नु भएको छ । आफुहरुले समाज बदल्नको लागि धेरै प्रयाश गरेको तर स्थानीय निकाय बाट कुनै सहयोग नमिल्दा निराश बनाएको कुरा उल्लेख गर्नु भयो । यस भन्दा अगाडि पनि बालबाबिबाह लगायत विभिन्न बिकृती बिरुद्धका कुरा लिएर जादा पनि सुनुवाइ नगरिएको कुरा स्मरण गराउनुभयो ।
यता निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त रावलले पालिकामा दर्ता गरिएको मुद्दा को छिटो भन्दा छिटो समाधानको लागि पहल गर्ने बताउनुभयो । वडामा भएको वालबिबाह लाई रोक्नको लागी न्यायिक समितिमा छलफल गरेर समाधान गर्ने प्रतिबद्वता जनाउनुभएको छ ।