शंकर थापा साउन ३० अछाम
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नामा पहिरोले ४ रोपनि खेत बगाएको छ । हिजो राती आएको अबिरल बर्षा संगै गएको पहिरोले दर्नाको काडाकोट टोलका स्थानियको ४ रोपनि खेत पहिरोले बगाएको हो । काडाकोटका स्थानिय पंख कठायत,अम्मर साउद,बाहादुर धामी र गणेश धामीका गरी ४ रोपनि खेत पहिरोले बगाएको पिडीत किसानहरुले बताएका छन ।

काडाकोटको पाडुमुजेली देखी भोट्याबोस्या र राक्स्या खेत पहिरोले बगाएको पिडीत किसान पंख कठायतले जानकारी दिनुभएको छ । पहिरोले रोजीरोटी गरीखाने खेत बगाईदिए पछि किसानहरु निकै चिन्तीत बनेका छन । खेतमा लगायको धान र कोदो सबै पहिरोले पुरीदिए पछि के खाने भन्ने चिन्ताले सातएको छ ।
पिडत किसान पंख कठायतले त्यहि खेत बाट आएको अन्नले ६ महीना पनि खान पुग्दैन थ्यो अब त त्यो खेत पनि बगाएपछि निकै चिन्ताले सताएको बताउनुभयो । उहाँले भन्नुभयो “ बर्खा भरी हात घोटेर खेती लगाउ,अहीले एक्कासी बाढीले खेत बगाईदिदा भोकभोकै बस्नु पर्ने बाध्यता आउनेभयो”
पिडीत किसानहरुले आफुहरुको पिडा लाई बुझेर स्थानिय सरकारले केही सहयोग गरिदीनु पर्ने बताएका छन । स्थानियको ४ रोपनि खेतमा लगाएको धान र कोदो सबै पहिरोले पुरीदिएको छ । यसैबिच काडाकोटमा स्थापना गरीएको गाउँघर सहरी स्वास्थ्य क्लनीकको भवन पनि क्षेती पुगेको छ ।
पहिरोले क्लीनकको पछाडीको पाखा पुरीदिएको स्थानिय दील बहादुर साउदले जानकारी दिनुभएको छ । क्लनीकमा पनि क्षती पुगेपछि स्वास्थय सेवा समेत प्रभाबित भएको उहाँले बताउनुभयो । यस्तै उक्त टोलका बिभिन्न ठाउँमा पहिरो गएर स्थानियहरु लाई निकै त्रास सृजना भएको पनि स्थानियहरुले बताएका छन ।