साउन,३१ अछाम
जिल्लाक बान्निगढी जयगढ गाउँपालिका–६ दर्नाका युवा समाजसेवी नरेन्द्र साउदले आफ्नो ब्याक्तिगत लगानीमा ग्रामिण सडक मर्मत गर्नुभएको छ । २ लाख बढिको लगानिमा बान्निगढी जयगढ गाउँपालिकाको कार्यालय देखी रामारोशन पर्यटन क्षेत्र जोड्ने सडक र दर्नाका अन्य शाखा सडक मर्मत गर्नुभएको हो ।

स्थानीयलाई सहजताको लागि भन्दै ब्याक्तिगत लगानिमा करिब २ लाख भन्दा बढी रकम खर्च भैसकेको साउदले बताँउनुभयो । गाउँपालिकाकै डोजरको प्रतिघण्टा एक हजार पाँच सय भाडा तिरेर सडकहरु मर्मत गरेको उहाँले जानकारी दिनुभयो । सडक मर्मत गरेपछि स्थानीयलाई आवतजावत र सवारीसाधन सञ्चालनमा निकै सहज भएको छ ।
वर्षायाममा पानिको भेल र पहिरोका कारण सडकहरु बिग्रिएको तर मर्मत गर्नेतर्फ गाउँपालिका र वडा कार्यालयको ध्याँन नगईरहेका बेला युवा समाजसेवी साउदले सबै सडकहरु मर्मत गरिदिएपछि स्थानीय पनि खुसी छन ।
सडकहरु मर्मत भएपछि सवारी साधनका साथै बिरामीलाई स्वास्थ्य संस्था लैजान, बिद्यार्थिलाई आवतजावत गर्न र स्थानीयलाई आवतजावत गर्न पनि सहज भएको बताईएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अछामको जिल्ला कमिटी सदस्य समेत रहनुभएका युवा साउदले व्याक्तिगत रुपमा २ लाखको लगानीमा सडक मर्मत गर्दा अर्का युवाले पनि साथ दिएका छन ।
स्थानीय तथा गाडि चालक समेत रहेका पदम साउद (हात्ती) ले १० हजार बराबरको डिजेल खर्च सहयोग गनुभएको बताईएको छ । युवा समाजसेवी साउँदको यो कार्यले वडाबासि मात्रै नभएर अन्य ठाउँका स्थानीयले पनि प्रशंसा गरेका छन