लाल चदारा साउन ३१ अछाम
बिहिबार राती अबिरल परेको बर्षाका करण मेल्लेख बजारको दुई वटा पसल पहिरोले बगाएको छ । निरन्तर परेको बर्षाले मेल्लेखका स्थानियको पसल पछाडि सडक काटेको ठाउँ बाट पहिरो गएपछि पसलमा पुर्ण रुपमा क्षति पुगेको छ ।

स्थानीय जोगि बोहोरा र जोगि सउदको पसलमा पुर्ण रुपमा क्षेति पुगेको प्रहरी चौकि मेल्लेखले जानकारी दिएको छ ।एक पसलमा पुरन सुनारले सुनचाँदी ब्यबसाय गर्दै आएका र उहाँले एक दिन अगाडि नै सामान अन्त सारी सकेको हुदा सकेको हुदा कनै मनबिय क्षेति भने नभपनि दुबै पसल गरि जम्मा चार लाख भन्दा बढि क्षेति भएको बताईएको छ ।
उक्त साईडमा रहेका सुरेश सार्की,मिना बोहोरा हरि बोहोरा लक्षि बोहोरा, लोग बोहोरा, भरत बोहोरा र जोगि साउदको पसल पनि पहिरोको उच्च जोखिममा रहेको प्रहरी चौकि मेल्लेखले जनाएको छ ।
यता मेल्लेख गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहोराको नेतृत्वमा गएको टोलिले क्षेति भएको पसल र जोखिममा रहेको पसलको बारेमा जाचबुझ गरि जानकारी समेत लिएको छ । अरु पसलमा क्षति हुन नदिन तत्काल पहिरो नियन्त्रणको लागि पहल गरिने अध्यक्ष बोहोराले बताउनुभयको छ ।