रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

साँफेबगर नगरपालिकाका दुई वडा पूर्ण साक्षर वडा घोषणा

साँफेबगर नगरपालिकाका दुई वडा पूर्ण साक्षर वडा घोषणा
29
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

साउन ३२,अछाम

अछामलाई २०७६ भाद्र मसान्त सम्म पूर्ण साक्षर जिल्ला घोषणाको तयारी भईरहेको बेला जिल्लाका विभिन्न स्थानिय तहका वडाहरु साक्षर घोषणा गरिरहेका छन । सोही अवसरमा साँफेबगर नगरपालिका वडा नम्बर ६ लाई एक कार्यक्रमका बिच पूर्ण साक्षर वडा घोषणा गरीएको छ ।

वडाका १५ बर्ष देखि ६० बर्ष उमेर वडाका ९८.४० प्रतिशत जनता साक्षर भए सँगै वडालाई पूर्ण साक्षर वडा घोषणा गरिएको वडा अध्यक्ष प्रेमराज शर्माले जानकारी दिनुभएको छ । वडाका १५ बर्ष देखि ६० बर्ष उमेर समूहका ८ सय १७ जनसंख्या मध्ये ३ सय ८७ महिला र ४ सय १७ पुरुष गरि ८ सय ४ जनसंख्या साक्षर रहेको तथ्याङ्क छ । वडाका ८ महिला र ५ पुरुष गरी १३ जनामात्र सो उमेर समूहका जनता निरिक्षक रहेको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष प्रेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष जानकी बोहरा रहनु भएको थियो । प्रमुख अतिथी बोहराले शिक्षालाई गुणस्तण वनाउन सबै सरोकारवालाले एक जुट भएर लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । उहाँले वडालाई साक्षर घोषणका लागि मात्र सिमिती नभई शिक्षित दर्जाका लागि पनि ध्यान दिनु पर्ने बताउनु भयो ।

रिडिकोट पूर्ण साक्षर वडा घोषणा

साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटलाई एक कार्यक्रमका विच पूर्ण साक्षर वडा घोषणा गरिएको छ । १५ बर्ष देखि ६० बर्ष उमेर वडाका ९९.८१ प्रतिशत जनता साक्षर भए सँगै वडालाई पूर्ण साक्षर वडा घोषणा गरीएको वडा अध्यक्ष मिठ्ठु सिहं भाटले जानकारी दिनुभयो । वडाका १५ बर्ष देखि ६० बर्ष उमेर समूहका एक हजार ६ सय २० मध्ये ७ सय ७४ महिला तथा ८ सय ४३ पुरुष गरी एक हजार ६ सय १७ जनसंख्या साक्षर भएको वडा कार्यलयले जानकारी दिएको छ ।

यस्तै वडामा ३ जना महिला मात्र निरिक्षर रहेको वडा कार्यालयमा तथ्याङ्क रहेको छ । वडा अध्यक्ष मिठ्ठु सिह भाटको अध्यक्षतामा भएको साक्षरता वडा घोष्ण कार्यक्रमका प्रमुख अतिथी नगर शिक्षा शाखा प्रमुख नर बहादुर कार्की रहनु भएको थियो । कार्यक्रममा नेकपाका पार्टी प्रतिनिधी चन्द्र बहादुर बुढा, नेपालि काग्रेसका उपेन्द्र स्वार, कालिका टोल विकास समिती अध्यक्ष हिक्मत कडायत, महिला संञ्जालका अध्यक्ष धनकला कुमाल लगाएतले मतव्य राख्नु भएको थियो ।

अछाम जिल्लालाई २०७६ भाद्र मसान्त सम्म साक्षर जिल्ला घोषणाको तयारी अन्तरगत आज वडालाई साक्षर घोषणा गरीएको हो । साक्षरता वडा घोषणाको लागि मोवाईल तथा घडि हेरी समय बताउन सक्ने, ० देखि ९ सम्मको अंक बताउन सक्ने, बैँक भौचर भर्न सक्ने, ट्राफिक चिन्ह चिन्न सक्ने लगायतका चिन्न वा भन्न सक्ने भए वडा साक्षर घोषणा गर्न सकिने नेपाल सरकारको अवधारणा रहेको छ ।

साक्षर घोषणा कार्यक्रममा वडा सदस्य सकुन्तला भुल, जेष्ठ नागरीक, समाजसेवि बुद्धीजिवी लगाएतको सहभागीता रहेको थियो । वडा सदस्य एकेन्द्र भुलले स्वागत मतव्य राख्नुभएको कार्यक्रमको संञ्चालन वडा सचिव शोभिता शाहले गर्नुुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal