साउन ३२ धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले मन्दिर, बाटो तथा पदमार्ग निर्माण र र्ममत सम्भारलाई पर्यटन क्षेत्रको मुख्य उपलब्धीका रुपमा लिएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा झण्डै साढे १४ करोड बजेट खर्च गर्दै निर्माण र मर्मत सम्भार गरिएका मन्दिर, धर्मशाला, बाटो तथा पदमार्ग, चर्च, गुम्बालाई मुख्य उपलब्धीका रुपमा लिएको हो।

मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷७६ मा पर्यटन क्षेत्रका लागि विनीयोजन गरेको २३ करोड ८२ लाख बजेटको ६२ प्रतिशत अथात् १४ करोड ४२ लाख खर्च गरेको छ। ६२ प्रतिशत वित्तिय प्रगती हासिल गर्दा ७७ दशमलब ५६ प्रतिशत भौतिक प्रगती भएको मन्त्रालयको वार्षिक प्रगती प्रतिवेदनमा उल्लेख छ। पर्यटन क्षेत्रमा गरिएको उक्त लगानीले प्रदेशमा दुई सय ५९ विटा मन्दिर निर्माण, मर्मत सम्भार एव्म घेर पर्खाल गरेको, ३४ वटा बाटो तथा पदमार्ग निर्माण एवंम मर्मत सम्भार गरेको वार्षिक प्रगती प्रतिवेदनमा छ।
यस्तै १२ वटा धर्मशाला गृह निर्माण, नौँ वटा होमस्टेको अध्ययन तथा निर्माण, २९ वटा भ्यु टावर, हेलिपेड, पार्किङ स्थल, संग्राहालय एवंम् चार वटा चर्च र तीनवटा गुम्वा निर्माणलाई पनि मुख्य उपलब्धीमा राखिएको छ। पर्यटन क्षेत्रमा मन्त्रालयले गरेको सो लगानीले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगाउने विश्वास व्यक्त गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलवे अहिले बाह्य पर्यटक भित्र्याउन नसकिएपनि आन्तरिक पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
पर्यटन मन्त्री भट्टले यस्तो दावी गरेपनि सरोकारवालाहरुले भने स–साना मन्दिर, चर्च, गुम्बामा लगानी गरेर पर्यटन प्रर्वद्धन नहुने धारणा व्यक्त गरेका छन्। उनीहरुले प्रदेश सरकारले गुरुयोजना निर्माण गरेर पर्यटनको क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिएका छन्। नभए पर्यटनमा सरकारले गर्ने लगानी वालुवामा पानी जस्तै हुने टिप्पणी गरिएको छ। पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले मन्दिरमा लगानी गरे पर्यटक नआउने भन्ने नभएपनि विशेष गन्तव्य पहिचान गर्नु आवश्यक रहेको बताए। dinesh khabar bata