साउन ३२ अछाम
अछाम प्रहरीले घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियानलाई थप तीव्र पारेको छ । मदिरा सेवनका कारण समाजमा विभिन्न हींसाका घटनाहरुमा वृद्धी हुनुका साथै विकृती जन्य घटनाहरु बढेको भन्दै प्रहरीले गस्ती टोली मार्फत न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियान थालेको हो ।

अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय अछाम मातहत जिल्लाको प्रहरी चौकी सिउडी बाट खटिई गएको गस्ती टोलीले चौरपाटीका स्थानीयका घर तथा पसलबाट बरामद गरेको घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा सनिवार नष्ट गरीएको छ ।
चौरपाटी गाउँपालिका वडा नम्वर २ का कृष्ण बहादुर साउदको, वडा नम्वर १ का शेर बहादुर थापाको पसलमा लुकाई छिपाई राखेको अवस्थामा अवैध न्युन गुणस्तर खालको २४ लिटर मदिरा बरामद गरि स्थानीय जनप्रतिनिधी र समाजसेविहरुकोे रोहवारमा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ ।
अछाम जिल्लामा लामो समयदेखी प्रहरीले अवैध मदिरा नियन्त्रणको प्रयास जारी राखेको छ । तर पनि लुकीछीपी घरेलु तथा न्युन गुणस्तरको मदिरा विक्री वितरणको क्रम भने रोकीएको छैन ।