श्रावण ३२, शनिबार
अछामको बयलपाटामा नीर्माण गरीएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

बयलपाटा बजार व्यवस्थापन समीतीको आयोजनामा आज भएको एक भेला मार्फत सार्वजनिक शौचालय निर्माण समीतीले नवनीर्मीत शौचालय साँफेबगर नगरपालिका वडा नम्बर ८ को कार्यालयलाई हस्तान्तरण गरेको हो ।
शहरी भवन निर्माण डोटीबाट प्राप्त सहयोग रकम चार लाख २ हजार १ सय ४५ रुपैयाँको लागतमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गरीएको जनाईएको छ ।
बयलपाटा बजार व्यवस्थापन समीतीका अध्यक्ष नृप कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा समीतीको आर्थिक आयव्यय समेत प्रस्तुत गरीएको छ ।
जस अनुरुप आर्थिक वर्ष २०७५–०७६ मा ६ हजार ९ सय रुपैयाँ आय भएकोमा ३७ हजार १ सय २० रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदन सार्वजनिक गरीएको हो ।