भदौ,१
फ्रान्सको पेरिसनजिकैको एक रेस्टुरेण्टमा स्यान्डविच खान पुगेका ग्राहकले वेटरको हत्या गरेका छन्।

धेरै बेरसम्म स्यान्डविच पर्खनु परेको भन्दै ती ग्राहकले त्यहाँका वेटरलाई गोली हानी हत्या गरेको बताइएको छ। ‘नोइसी ले ग्रान्ड’ नामको रेस्टुरेण्टमा यस्तो घटना भएको थियो।
ती व्यक्तिले रिसाउँदै हातमा भएको पेस्तोलले आक्रमण गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।