राजेन्द्र कुवर
न्युज २४ बाट प्रशारण बाट भै रहेको जनता संग सिधा कुरा कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई उनका पुर्ब सहकर्मी शालिकराम पुडासैनीको आत्मा हत्या गर्नु भन्दा अगाडि गरेको भिडियो रेकर्डलाई लाई मुख्य आधार मानेर प्रहरीले गिरफ्तार गरे संगै नेपाली समाज तरङ्गित भएको छ ।

प्रस्तोता रबि लामिछानेको गिरफ्तार संगै चारै तिर नारा जुलुस गर्दै निर्दोषलाई गिरफ्तार गर्न पाइदैन, निर्दोष रबिलाइ रिहाइ गर भनेर भिडभाड गरेर कुनै दोसिलाइ उन्मुक्ति दिन त खोजिएको छैन,भनेर हरेक बिहान काठमाडौका चिया गफमा चियो चर्चा भैरहेको छ ।
नेपाल प्रहरीले रबि लामिछाने लगाएत उनको टिमलाइ कुनै दोसि भनेर होइन शालिकरामको भिडियो रेकर्डको आधारमा छानबिन गर्नका लागि गिरफ्तार गरेको हो ।एउटा संचारकर्मिलाइ गिरफ्तार गर्ने तौर तरिका शैली पुगेको होइन भने छलफलको विषय बनाउनु पर्छ नेपाली पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले ।
एका तिर नेपाली समाजको युवा शक्ति बिना सर्त रबि लामिछानेलाई रिहाइ गर भनेर आन्दोलनमा सडकमा उत्रेको छ भने अर्कोतिर शालिकराम पुडासैनीका हत्यारा वा आत्मा हत्या गर्न बाध्य पार्ने दोसिले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन भन्ने स्वर धेरै पातलो रूपमा उठिरहेको छ ।
शालिकराम पुडासैनीको घरपरिवारले न्याय पाउनु पर्छ भनेर कुरा सशक्त नहुनमा राज्य अहिले पनि दण्ड हिनतामा छ,मानवाधिकार कर्मिलाइ के को भुत लागेको हो एउटा सचेत नागरिकको बाच्न पाउने अधिकारमाथी कुठाराघात हुदा सम्म चुपचाप बस्नाले अधिकार कर्मी समेत कतैबाट परिचालित त होइन ? आम नागरिकको प्रश्न हो ।
रबि लामिछाने दोसि वा निर्दोष के हुन त्यो आम नागरिकले र कुनै पनि आन्दोलनकारिले छानबिन गरेर भन्ने कुरा होइन त्यो त गहिरो अनुसन्धान गर्ने तथ्यको गहिराईमा गएर सत्य खोजीमा लाग्ने सबै खाले अपराधको अनुसन्धानको जिम्मेवारी प्राप्त गरेको नेपाल प्रहरीकै हो ।
त्यही कामलाइ प्रभावित गर्नका लागि कानुन हातमा लिएर कुनै क्रियाकलाप गरिन्छन भने शालिकराम पुडासैनीको आत्माले शान्ति पाउने छैन पुडासैनीको घरपरिवारले न्याय पाउने छैन अनि हामी सबैले न्याय मरेको देशका नागरिक बनेर सबैको निधारमा कालो टीका लाग्ने छ यस बाट सचेत सजग भै कानुनी राज्यको पक्षमा उभिन अहिलेको आवश्यकता हो ।
जनता संग सिधा कुराका प्रस्तोता रबि लामिछाने कसैका लागि भगवान होलान,अनि नेपाली समाजमा उनले धेरै राम्रो काम गरेको होला अनि त्यही आडमा आन्दोलनमा भाग लिदै अन्यलाइ गाली बेज्जत अपमान गर्ने अधिकारको छुट कस्ले दिई रहेकोे छ ।
हामी सामाजिक न्याय ,लोकतन्त्र बिधिको शासनको कुरा गरेर नथाक्नेहरुले अरुका आलोचना पनि सुन्न सक्ने हैसियत र हिम्मत राख्नु पर्छ फरक बिचार राख्ने बितिकै फोन गरेर मार्ने धम्की अनि सामाजिक संजालमा अपमान गर्ने शब्दको प्रयोगले कानुन हातमा लिएर शालिकराम पुडासैनीलाई आत्माहत्या गर्न बाध्य पार्ने र हत्या गर्ने दोसिलाइ बचाउने कोशिश कुनै कालो पर्दाको पछाडी बाट गर्न लागेका त छैन यश बाट हामी सबै सचेत हुनु पर्छ ।
तपाईं हामी सबै जना एक पटक सोचौ धेरै राम्रो काम गर्ने ब्याक्ति समूह संगठन बाट पनि मानवीय कमजोरीले गर्दा गल्ती हुन सक्छ ,अहिले रबि र उनको टिमलाइ निर्दोष हो भनेर भनी हाल्ने हामी कसै संग बलियो प्रमाण छैन अनि उनी के हुन भनेर शालिकरामको भिडियो नै बोल्छ त्यसको पनि राम्रोसँग परिक्षण गर्नु पर्ने देखिन्छ ,रबि लामिछानेलाई कुनै प्रकारको जालझेल गरेर फसाउन खोजिएको हो भने पनि छानबिन राम्रोसँग गर्नु पर्छ ।
शालिकरामलाई आत्मा हत्या गर्न बाध्य पार्ने वा हत्याराला बचाउनका लागि भारतमा एक बर्ष अगाडि कुटपिट गरर निलडाम पारेको तस्वीरलाई सामाजिक संजालमा यो हो शालिकरामको कुटपिट गरेको तस्बिर भनेर रंङ्गिबिरङ्गि पार्नुलाइ पनि विषयलाई तोडमोड गर्न निकै चलखेल भएको देखिन्छ ।
अब हामी सबै जना सचेत र सजग भएर भनौ निर्दोष फस्नु हुँदैन दोसिलाइ छोडनु हुदैन । दोसि प्रमाणित भएमा जो सुकै संस्था ब्याक्तिबाट शालिकराम पुडासैनीको घरपरिवारलाई क्षतिपुर्ती ब्यबस्था गर्न हामी एक जुट भएर लागौ ।