रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

गृहको ताकेतापछि कैलालीमा ढिलासुस्ती गर्ने ठेकेदारको काम सन्तोशजनक

गृहको ताकेतापछि कैलालीमा ढिलासुस्ती गर्ने ठेकेदारको काम सन्तोशजनक
20
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

२०७६ भदौ ३, कैलाली

कैलालीमा विकास निर्माणका योजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायी पछिल्लो सयम सन्तोषजनक रुपमा काम गरिरहेको दावी गरिएको छ। विकास निर्माणका कामलाई तिव्रता दिन गृह मन्त्रालयले परिपत्र र ताकेता गर्न थालेपछि काम सन्तोषजनक देखिएको दावी गरिएको हो।

आर्थिक वर्ष २०७४÷७५ मा ६० प्रतिशत मात्र प्रगती रहेको सडकपुर बौनिया झपही थापापुर सडक स्तरोन्नतीको योजनामा गत आर्थिक वर्षमा २०७५÷७६ मा झण्डै २९ प्रतिशत बढेर ८९ प्रतिशत प्रगती भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यस्तै ताकेता पछि आर्थिक वर्ष २०७४÷७५ मा ३५ प्रतिशत मात्र प्रगती रहेको साविकको मनुवा गाविसको गजवा नाला पुलको ६५ प्रतिशत काम सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशी जानकारी दिए।

जोशीले विगतमा निर्धारित समय समाप्त भईसकेको र न्युन प्रगती भएका नौँ वटा पूर्वाधारका योजनाको काम समेत गत आर्थिक वर्षमा सम्पन्न भईसकेका बताए। सरकारले काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने तथा ठेक्का सम्झौता नै खारेज गर्ने चेतावनी दिएपछि उनीहरुले कामलाई तिव्रता दिएको प्रशासनको भनाई छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दराज बोहोराले संघिय सरकारको परिपत्र पछि जिल्लाका निर्माण व्यवसायीसँग सघन रुपमा छलफल गरिएको जनाए। उनले उक्त छलफलपछि पूर्वाधारका योजनामा उल्लेख्य प्रगती भएको बताए।

बोहोराले भने, ‘जिल्ला प्रशासन कार्यालयमा निर्माण व्यवसायीसँग भएको छलफलपछि सन्तोजनक उपलब्धी भएको छ, विगतमा ठप्प रहेका कतिपय योजनाको काम सम्पन्न भएको छ, कतिपय सम्पन्न हुने चरणमा रहेका छन्।’

अहिले कार्यान्वयनको चरणमा रहेका योजनामा समेत तिव्र रुपमा काम भईरहेको प्रमुख जिल्ला अधिकारी बोहोराले बताए। तर २०७१ सालदेखि निर्माण सुरु भएको धनगढीलाई कञ्चनपुरको रैकवार विचवा जोड्ने मोहना नदीमा बनिरहेको पुलको काम भने कछुवा गतिमै छ।

चन्द्र शेखर मल्ल निर्माण व्यवसायी रहेको उक्त योजनामा आर्थिक वर्ष २०७४÷७५ मा ५५ प्रतिशत काम सम्पन्न भएपनि गत आर्थिक वर्ष २०७५÷७६ मा पाँच प्रतिशत मात्र काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal