भाद्र ०४ अछाम
बालविवाह न्युनिकरणका लागि अा अाफ्नो क्षेत्र बाट सकारात्मक सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन । जिल्ला स्तरिय सरोकारवाला संग बालविवाह न्युनिकरण सम्बन्धि अन्तर्कृया तथा प्रतिबद्धता बिषयक कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन ।

वाक नेपाल, वल्डभिजन ,अास्था नेपाल र समुदाय प्रहरी साझेदारी कार्यक्रमको संयुक्त अायोजनामा कार्यक्रम भएको हो । वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावलले बालविवाह अाफैमा सामाजिक अपराध भएकाले अब समाजमा जागरण अभियान संञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
अहिले पनि विभिन्न क्षेत्र बाट यसका बिरूद्वमा कार्यक्रम संञ्चालन भएपनि अझैपनि प्रभावकारी हुन नसकेकाले अागामी दिनमा प्रतिफल दिखिने काम गर्नुपर्नेमा जोडदिनु भएको छ । कार्यक्रममा बिशिस्ट अतिथि अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले समाजमा अहिले पनि बालविवाह भईरहेकाले हरेक सचेत नागरिकले यस्ता विकृतिका बिरूद्व जट्नुपर्ने बताउनुभयो ।
बालविवाह गर्ने उमेर समुहका किशोर किशोरि बिद्यालय स्तरमा बढि हुने भएकाले यस्ता क्षेत्रमा सचेतना मुलक गतिविधि बढि गर्नुपर्नेमा जोडदिनु भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक बहादुर शाही , सरकारि वकिल कार्यालयका जय प्रसाद धिताल ,
नेकपाका चन्द्र बोहरा , नेपाली काग्रेसका नम बहादुर शाही , नेपालबार यसोसियसन अछामका अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगाना लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संञ्चारकर्मिहरूको सहभागीता रहेको थियोे । कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता पत्रमा प्रतिबद्ध हुदै हस्ताक्षर समेत गरेका छन ।