भाद्र, ५ अछाम
अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा चट्याङ लागेर ५ जना घाइते भएका छन भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

भदौ ४ गते रात्री करिब ११ बजे तिर पुल्लेतोलाको काटिया भन्ने ठाउमा चट्याङ पर्दा ५ जना घाइते भएका छ्न ।
घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरी ले जानकारी दिएको छ ।घाइतेहरुलाइ पुल्लेतोलाबाट बिनायक स्वास्थ्य चौकी ल्याउन लागीएको बताइएको छ । थप बिवरण आउन बाकी रहेको छ ।