एकेन्द्र महता, साँफेबगर, अछाम
तीन दिने एकीकृत शिक्षा व्यवस्थापन सूचना प्रणली तथा दिगो विकासको लक्ष्य ४ सम्बन्धि तालिम साँफेबगरमा सुरु भएको छ । यूनेस्कोको सहयोगमा अछाम जिल्लाका १० ओटै स्थानीय तका शिक्षा शाखाका प्रमुखहरु सूचना अधिकारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुका लागि तीन दिने एकीकृत शिक्षा व्यवस्थापन सूचना प्रणली तथा दिगो विकासको लक्ष्य ४ सम्बन्धि तालिम सुरु भएको हो ।

तालिममा शिक्षासंग जोडिएका विभिन्न तथ्यांकहरुको प्रयोग, उपयोगिता एवं व्वस्थापन लगाएत विविध विषयमा प्रशिक्षण हुने जनाईएको छ । भदौ ४ गते देखि सुरु भएको तालिम भदौ ६ गते सम्म चल्ने जनाईएको छ । तालिमको उद्धेश्यको बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक शंकर थापाले जानकारी गराउनु भएको थियो ।
तालिमको सहजिकरण सूचना प्रविधि विज्ञ संबेदन काईरालाले गरिरहनु भएको छ । समतामुलक विकास तथा मानव संसाधन प्रालिको व्यवस्थापनमा सञ्चालन भएको तालिम जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीको अध्यक्षतामा भएको थियो । तालिम उद्घाटन कार्यक्रममा यूनेस्को अछामका प्रमुख जनकराज भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो ।