भाद्र ५ अछाम
बान्नीगढि जयगढ गाउँपालिकाको जयगढ नजिकै जीप दुर्घटना भएको प्रति बान्नीगढि जयगढ गाउपालिका उपाध्यक्ष लोक बहादुर साउदले दुःख ब्यक्त गर्नु भएको छ । सामाजिक संजाल फेसवुक मार्फत गाउपालिका उपाध्यक्ष साउदले दुर्घटना भएको प्रति दुःख व्यक्त गर्नु भएको हो।

सामाजिक सँजाल फेसवुकमा स्टाटस मार्फत उपाध्यक्ष साउदले जीप दुर्घटनामा ज्यान गुमाउने प्रति श्रदाञ्जली अर्पण तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । साथै उहाले दुर्घटनामा ज्यान गुमाएका परिवारहरुलाई गाउँपालिकाका तर्फबाट राहात उपलव्ध गराउने समेत प्रतिबद्दता जनाउनु भएको छ ।
दुर्घटना भए लगत्तै उपाध्यक्ष साउद घाईतेको अवश्था बुझ्न बयालपाटा अस्पताल पुग्नु भएको थियो । उपाध्यक्ष साउदले फेसवुकमा लेख्नु भएको स्टाटस यस्तो छ ।