कालु बोहरा भाद्र ५, अछाम
अछाम जिल्लाको साँफेबगर नगरपालिका–६ भाग्येश्वर का भीम रावल ढाका बुनाइमा व्यस्त छन् । पहिले खेतीपातीमा समय बिताउने उनी यतिवेला ढाका टोपी, रुमाल, थान कपडा र अन्य अडर अनुसार लगायत ढाकाकै विभिन्न सामग्री बनाउने काममा तल्लीन हुने गरेका छन् ।

रावलले भने – ‘आफुले वि.स. २०४५ सालमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा कक्षा ७ मा पढ्ने समयमा केहि सिप सिके फेरी वि.स.२०६८ सालमा घरेलु तथा साना उद्योग विकासको आयोजना र तत्कालिन गाउँ विकास समिती भाग्येश्वरको समन्वय थप सिक्ने अवसर मिल्यो ।
सोहि सिपले आफुलाई उद्योग ब्यवयायी बन्नमा थप सहयोग पुग्यो र आफु भाग्येश्वर उद्योग स्थपना गरे ’वि.स. २०६९ साल बैशाखमा आफ्नै ब्यक्तिगत ७ लाख लगानीमा बयालपाटामा उद्योग स्थपना गरेको रावलले थप सिक्न २०७० साल पाल्पामा एक महिना र ०७१ साल बुटवलमा २ महिना तालिम लिएर ब्यवसायी वनेको अनुभव सुनाए ।
उहाँले आफुले ब्यवसायी सञ्चालन गरे देखि उत्पादन गरेका सबै कपडा वजारमा जाने गरेको बताए । ब्यवसायी रावलका अनुसार अहिले जिल्लामा ढाकाको एउटा रुमालको सय भन्दा बढी रुपैयाँ पर्छ एक सय देखि २५ सय रुपैयाका ढाका टोपी उत्पादन गर्दै आएको बताए ।
आफु बजार मुल्यको भन्दा धेरै फरकको सुपथ मुल्यमा विक्रि गर्दै आएको बताए । आफुले लगानी गरे अनुसारको प्रतिफल पाएकै छु आफुसँग जनशक्तिको अभावका कारण वजारमा मागे अनुसारको कपडा पूर्ति गर्न नसेको उहाँले बताए । उहाँले आफुले सिकेको सीप नगर पालिकाका अन्य वेरोजगार यूवालाई समेत सिकाउदै आएको बताए ।
भाग्येश्वर ढाका उद्योगको आयोजना तथा साँफेबगर नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोगमा ढाका बुन्ने ३ महिने तालिमको आयोजाना गरिएको छ । साँफेबगर नगरपालिकाले महिलालाई स्वरोजगार बनाउने गत बैशाख १९ गते देखि सञ्चालन गरेको तीनमहिने ढाका बुनाइ तालिममा उनीहरू सहभागी भएर सक्रिय रूपमा सीप सिकिरहेका छन् । तालिमबाट रिडिकोटका एशुदा केसी पनि ढाका बुन्दै नयाँ सीप सिक्न थालेकी छिन् ।
\यस्तै चण्डिकाका प्रिति कुँवर पनि ढाका बुनाई तालिम सिकेर व्यवसाय बन्ने बताउछिन । तालिममा साँफेबगर नगरपालिका वडा नं. ६, ७, र ८ का तिन– तिन गरी ९ जना महिला सहभागी छन् । उनीहरू सबैले सीप सिकेर आफैँ उद्योग सञ्चालन गर्ने र ढाका बुनाइबाट आयआर्जन गर्दै स्वरोजगार बन्ने उद्देश्य भएको बताए ।
साँफेबगर नगर उप–प्रमुख विर्मला बुडथापाले मानिसहरु आधुनिकता भन्दा स्थानिय उत्पादनका बस्तुमा बढी आकर्षित भएकाले ढाका उद्योग फस्टाउने बताए । उहाँले नगरपालिकाले वेरोजार यूवाहरुलाई आत्मनिर्भर तथा स्वरोजगार वनाउने उद्धेश्यले विभिन्न तालिमको आयोजना गरेको बताए ।
नगरपालिकाले सिप दिने हो सिप सिकेर आत्मनिर्भर बन्न नगरका वेरोजगार यूवाले ब्यवसायी बन्नु पर्छ । सिप सिकेर ब्यवसायी वने नगरपालिकाले व्यवसायको प्रकृति हेरेर सहयोग गर्न सकिने धारणा दिए । साँफेबगर नगरपालिकाले वेरोजगार यूवाहरुलाई मध्ये नजर राख्दै कपाल देखि कम्प्यूटर सम्मको तालिमको लागि आर्थिक बर्ष २०७४/०७५ एक करोड र आर्थिक बर्ष २०७५/०७६ मा एक करोड ८ लाख वजेट छुट्याएको थियो । वजेटबाट विभिन्न तालिमको आयोजना गरि केहि यूवाले व्यसाय समेत सुरु गरिसकेका छन । Radio janapriya bata