भाद्र ५,अछाम
चौरपाटी गाउँपालिका वडा नं. १ गैरीलेक बजारमा विहिवार एक कार्यक्रमका विच विद्युत लाईन विस्तार गरेको छ । वडा अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद र विद्युत प्राधिकरण साँफेबगरका प्रमुख विजयराज रेग्मीद्धारा संयूक्त रुपमा स्विच अन गरेर उदघाटन गर्नु भएको छ ।

वडाको चौरपाटी वजारमा एक बर्ष पहिले वत्ती बले पनि नजिकै रहेको गैरीलेक बजारमा बल्न सकेको थिएन । बत्ती वसे सँगै स्थानिय वासी खुशि भएका छन । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष साउँदले विकास क्रमिक रुपमा बढ्ने भएकाले बत्ती ढिलो चाडो हुनु स्वाभाविक रहेको बताउनु भयो ।
उहाँले विद्युत लाईन विस्तारै गाउँपालिकाका सबै टोल टोल सम्म पुग्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा वडा सदस्य, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, समाजसेवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सह संयोजक कमल साउदले गर्नु भएको थियो ।