बैतडी, भदौ ६ । बैतडीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका एक कार्यकर्ता कारागार चलान भएका छन् । पुर्चौडी नगरपालिका ३ सल्लेबनका ४६ वर्षीय नैनसिंह धामी २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन् ।
गत साउन १९ गते घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्धा चलाईएको थियो । धामी नेकपाका विप्लवका गाउँ कमिटि सदस्य रहेका थिए । उनले यसअघि साउन १५ गते राती पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी र चन्दाअसुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो ।

यसका साथै गत असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका १० हतास घर भइ विप्लवको युवा विद्यार्थी संगठनका केन्द्रिय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि सार्वजनिक हित विपरितको मुद्धा चलाइएको छ ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै बैतडीमा पनि प्रहरी विप्लव कार्यकर्तालाई पक्राउ गर्न थालिएको हो ।
यसका साथै गत फागुन २८ को मन्त्रिपरिषदको बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारबाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।